रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै  « Khabarhub

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी दलका अध्यक्षले सहभागिता जनाउने भएका छन् । महाधिवेशन आइतबारबाट चितवनको भरतपुरमा हुँदै छ । 

उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष राजेन्द्र लिङदेन र जनमतका अध्यक्ष डा.सिके राउत, जनता समाजवादीका उपेन्द्र यादव एकै मञ्चमा देखिने छन् । 

उनीहरू शुभकामना दिनका लागि महाधिवेशनमा सहभागी हुन लागेका हुन् । जसका लागि राप्रपाका राजेन्द्र लिङ्देन कार्यक्रम स्थलमा पुगिसकेका छन् ।

यस्तै, प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) पनि छोरी र श्रीमती सबिना काफ्लेहित कार्यक्रमस्थलमा पुगिसकेका छन् । उनले महाधिवेशनको घण्टी बजाएर कार्यक्रम उद्घाटन गर्ने तय भएको छ । 

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनको ४ महिना अघिमात्रै उदाएको रास्वपा उक्त निर्वाचनमा २० सिटसहित चौथो दल बनेको थियो । २१ फाल्गुनको निर्वाचनमा भने रास्वपा १८२ सिट प्राप्त गर्न सफल भयो । 

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १ : ०३ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा