रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै  « Khabarhub

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी दलका अध्यक्षले सहभागिता जनाउने भएका छन् । महाधिवेशन आइतबारबाट चितवनको भरतपुरमा हुँदै छ । 

उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष राजेन्द्र लिङदेन र जनमतका अध्यक्ष डा.सिके राउत, जनता समाजवादीका उपेन्द्र यादव एकै मञ्चमा देखिने छन् । 

उनीहरू शुभकामना दिनका लागि महाधिवेशनमा सहभागी हुन लागेका हुन् । जसका लागि राप्रपाका राजेन्द्र लिङ्देन कार्यक्रम स्थलमा पुगिसकेका छन् ।

यस्तै, प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) पनि छोरी र श्रीमती सबिना काफ्लेहित कार्यक्रमस्थलमा पुगिसकेका छन् । उनले महाधिवेशनको घण्टी बजाएर कार्यक्रम उद्घाटन गर्ने तय भएको छ । 

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनको ४ महिना अघिमात्रै उदाएको रास्वपा उक्त निर्वाचनमा २० सिटसहित चौथो दल बनेको थियो । २१ फाल्गुनको निर्वाचनमा भने रास्वपा १८२ सिट प्राप्त गर्न सफल भयो । 

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १ : ०३ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न