रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री « Khabarhub

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आयोजना स्थलको स्थलगत अनुगमन गरेका छन् ।

गएरातिको भारी वर्षाका कारण कार्यक्रम स्थलमा पानी जमेर समस्या भएपछि गृहमन्त्री गुरुङले आयोजना स्थलमा पुगेर व्यवस्थापन अवस्थाबारे जानकारी लिएका हुन् । 

गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए । 

गएरातिको वर्षाको कारण महाधिवेशन स्थल जलमग्न बनेको छ । हाल मोटरको प्रयोग गरी जमेको पानी निकाल्ने काम भइरहेको जनाइएको छ। सो क्षेत्रको अहिले माटो भर्ने काम भइरहेको छ । गृहमन्त्री गुरुङले महाधिवेशन स्थलको सुरक्षाका विषयमा समेत जानकारी लिएका थिए ।

रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम आज दिउँसो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले गर्ने तयारी रहेको छ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १ : ०३ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न