तीन सहकारीलाई अनुदानमा कृषि सामग्री « Khabarhub

तीन सहकारीलाई अनुदानमा कृषि सामग्री


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहु– गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खाद्यान्न बाली उत्पादन बढाउन यहाँका तीन वटा सहकारी संस्थालाई कृषि सामग्री हस्तान्तरण गरेको छ । 

भानु नगरपालिका–८ स्थित भानु कृषि सहकारी संस्था, भानु नगरपालिका–१० को जागृती बचत तथा ऋण सहकारी संस्था र सोही वडास्थित सिमलचौर बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई सामग्री उपलब्ध गराइएको हो ।

जिल्ला कृषि विकास कार्यालयले उक्त दुई वडाका किसानलाई ७५ प्रतिशत अनुदानमा बीउबिजन, कृषि सामग्री वितरणसहित सिँचाइका लागि कुलो निर्माण गरेको छ ।

कार्यक्रमअन्तर्गत सहकारीलाई ‘स्प्रेयर’, त्रिपाल, धान बीउलगायत  सामग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिए । 

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला कृषि कार्यालयका प्रमुख परशुराम अधिकारीले शनिबार संयुक्त रूपमा कृषकलाई सामग्री हस्तान्तरण गरेका हुन् । 

कार्यालय प्रमुख अधिकारीले भने, ‘अनुदान कार्यक्रमले उत्पादनमा वृद्धि भएको पाइएको छ, अझ धेरै उत्पादन गर्न किसानहरू लाग्नुहुनेमा म विश्वस्त छु ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  २ : १७ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा