तीन सहकारीलाई अनुदानमा कृषि सामग्री « Khabarhub

तीन सहकारीलाई अनुदानमा कृषि सामग्री


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहु– गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खाद्यान्न बाली उत्पादन बढाउन यहाँका तीन वटा सहकारी संस्थालाई कृषि सामग्री हस्तान्तरण गरेको छ । 

भानु नगरपालिका–८ स्थित भानु कृषि सहकारी संस्था, भानु नगरपालिका–१० को जागृती बचत तथा ऋण सहकारी संस्था र सोही वडास्थित सिमलचौर बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई सामग्री उपलब्ध गराइएको हो ।

जिल्ला कृषि विकास कार्यालयले उक्त दुई वडाका किसानलाई ७५ प्रतिशत अनुदानमा बीउबिजन, कृषि सामग्री वितरणसहित सिँचाइका लागि कुलो निर्माण गरेको छ ।

कार्यक्रमअन्तर्गत सहकारीलाई ‘स्प्रेयर’, त्रिपाल, धान बीउलगायत  सामग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिए । 

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला कृषि कार्यालयका प्रमुख परशुराम अधिकारीले शनिबार संयुक्त रूपमा कृषकलाई सामग्री हस्तान्तरण गरेका हुन् । 

कार्यालय प्रमुख अधिकारीले भने, ‘अनुदान कार्यक्रमले उत्पादनमा वृद्धि भएको पाइएको छ, अझ धेरै उत्पादन गर्न किसानहरू लाग्नुहुनेमा म विश्वस्त छु ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  २ : १७ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न