रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी « Khabarhub

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेताहरू चितवन पुगेका छन् । महाधिवेशनमा सहभागी हुन आइतबार दिउँसो पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई चितवन पुगेका छन् । त्यसैगरी, नेपाली कांग्रेस सभापति गगन थापा पनि पुगेका छन् ।

थापासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि चितवन पुगेका छन् । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुन, जनमत पार्टीका पूर्वअध्यक्ष चन्द्रकन्त राउत सिके लगायतका नेताहरू चितवन पुगेका छन् ।

त्यस्तै, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव चितवन पुगेका छन् ।

अहिलेसम्म हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट भने कुनै नेताहरू पुगेका छैनन् । कुलमान घिसिङको उज्यालो नेपालबाट पनि नेताहरू पुग्ने आँकलन गरिएको छ । हालसम्म उनीहरूमध्ये कोही पनि त्यहाँ पुगेका छैनन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  २ : ४३ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न