रास्वपा महाधिवेशनमा पुगे विपक्षी दलका छ नेता « Khabarhub

रास्वपा महाधिवेशनमा पुगे विपक्षी दलका छ नेता


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा विपक्षी दलका छ जना नेताहरुले सहभागिता जानाएका छन् ।

उनीहरु आइतबार दिउँसोबाटै चितवनको भरतपुरमा सुरु भएको महाधिवेशनमा शुभकामना दिन पुगेका हुन् । उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमतका अध्यक्ष डा. सीके राउत, जनता समाजवादीका उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुन, एमालेका प्रदीप ज्ञवाली पुगेका हुन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि मञ्चमा देखिएका छन् । यस्तै, छोरी र श्रीमती सबिना काफ्लेसहित कार्यक्रमस्थलमा पुगेका प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका थापा लगायत विपक्षी दलका सबै नेताले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनको ४ महिना अघिमात्रै उदाएको रास्वपा उक्त निर्वाचनमा २० सिटसहित चौथो दल बनेको थियो । २१ फाल्गुनको निर्वाचनमा भने रास्वपा १८२ सिट प्राप्त गर्न सफल भयो ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : १३ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा