‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’ « Khabarhub

‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगलका डिफेन्डर डियोगो डलोटलले विश्वकप सुरु हुनुअघि नै टोलीले सामाजिक सञ्जालमा आउने सम्भावित आलोचनाको सामना गर्न मानसिक तयारी गरेको बताएका छन्।

उनले टोलीमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो जस्ता चर्चित खेलाडी भएकाले सामान्यभन्दा बढी दबाब र आलोचनाको सामना गर्नुपर्ने अवस्था रहेको बताए।

कङ्गो डीआरविरुद्धको पहिलो खेलमा पोर्चुगल १–१ को बराबरीमा रोकिएपछि टोली र रोनाल्डोको व्यापक आलोचना भएको थियो।

फ्रान्स तथा आर्सनलका पूर्व स्ट्राइकर थियरी हेनरीले समेत रोनाल्डोको आलोचना गर्दै भनेका थिए, ‘टोलीलाई गोल चाहिएको हो, तपाईंलाई मात्र गोल गर्न आवश्यक छैन।’

डालोटले भने रोनाल्डोको बचाउ गर्दै विश्वकपअघि नै टोलीभित्र सामाजिक सञ्जाल र आलोचनाबारे विस्तृत छलफल भएको खुलासा गरे।

‘यो निकै सरल कुरा हो। विश्वकपमा आउनुअघि हाम्रो ड्रेसिङ रुममा यस विषयमा विस्तृत छलफल भएको थियो,’ उनले भने, ‘हामीले मानौँ यस्ता घटना हुनेछन् भनेर पहिल्यै अनुमान गरेका थियौँ। यस्तो टोली र विशेषगरी क्रिस्टियानो जस्ता खेलाडी हुँदा सामान्यभन्दा बढी तयार रहनुपर्छ।’

उनले थपे, ‘विश्वकपअघि भएको उक्त छलफलका कारण यस्ता परिस्थिति वास्तवमै आउँदा पनि हामीले समूह अडिग छ भन्ने सन्देश दिन सफल भयौँ। आलोचना, चुनौती र कहिलेकाहीँ अन्यायपूर्ण तथा अतिरञ्जित टिप्पणी आउनेछन् भन्ने हामीलाई थाहा थियो।’

रोनाल्डो आलोचनासँग जुध्न अभ्यस्त

मंगलबार उज्बेकिस्तानविरुद्ध हुने समूह ‘के’ को महत्वपूर्ण खेलअघि डालोटले रोनाल्डो पुनः उत्कृष्ट प्रदर्शनमा फर्किने विश्वास व्यक्त गरेका छन्।

‘क्रिस्टियानोले आलोचनालाई कसरी सामना गर्छन् भन्ने सबैलाई थाहा छ। राष्ट्रिय टोलीसँग उनको २० वर्षभन्दा बढीको अनुभव छ,’ डालोटले भने।

उनका अनुसार रोनाल्डोले टोलीमा आत्मविश्वास भरिदिन्छन्, आलोचनालाई खेलको स्वाभाविक हिस्सा मान्न सिकाउँछन्।

‘उहाँले हामीलाई दिने आत्मविश्वास र हामीले उहाँमाथि गर्ने विश्वास सधैँ उस्तै रहेको छ र रहनेछ। जबसम्म उहाँ राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नुहुन्छ, उहाँ सधैँ खेल्न तयार रहने र टोलीलाई योगदान दिन सक्ने क्षमता राख्नुहुन्छ,’ उनले भने।

पोर्चुगल अहिले आफ्नो पहिलो विश्वकप उपाधिको खोजीमा रहेको छ र उज्बेकिस्तानविरुद्धको खेल टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ४० बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा