काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता « Khabarhub

काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजना तथा डाइनामिक एजुकेशनल एसोसिएसन नेपाल (डिन) को संयोजकत्वमा काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीहरूमा सुन्दर लेखनकला, भाषिक शुद्धता, अनुशासन र सिर्जनशीलताको विकास गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा महानगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो।

‘सुन्दर अक्षर केवल लेखाइ होइन, व्यक्तित्वको परिचय पनि हो’ र ‘हाम्रो लेखाइ हाम्रो संस्कार हो, हाम्रो अक्षर हाम्रो पहिचान हो’ भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको हो।

प्रतियोगिताको सभापतित्व डिनका अध्यक्ष तथा कार्यक्रम संयोजक अनिल कुमार सुब्बाले गरेका थिए। काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट प्रमुख अतिथि थिए ।

कार्यक्रममा काठमाडौँ प्याब्सनका सल्लाहकार गोविन्द फ्याक लिम्बु, उपाध्यक्षद्वय सूर्यबहादुर भण्डारी र इशु गुरुङ, काठमाडौँ प्याब्सन महानगरका अध्यक्ष गगन सिंह ऐर, मिड प्याब्सनका अध्यक्ष धनप्रसाद सुब्बा, नेसा क्लस्टर प्रतिनिधि डा. राजेश भट्टराई, तथा नासा कलेजका प्राचार्य शंकरप्रसाद गैरेलगायत उपस्थित थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।

विजेता विवरण

अंग्रेजी हस्तलेखनतर्फ

  • प्रथम: प्रत्युषा श्रेष्ठ (पीस पोइन्ट बोर्डिङ स्कुल)
  • द्वितीय: साङ्ग्या शाह (लालीगुराँस बाटिका)
  • तृतीय: हुमाइरा खातुन (क्रिएसन एकेडेमी)
  • चौथो: अग्निमा तामाङ (रिभिएरा इन्टरनेसनल एकेडेमी)
  • पाँचौँ: मेडिना देवकोटा (एलिक्सिर एकेडेमी)

    नेपाली हस्तलेखनतर्फ
  • प्रथम: ऋतिका कार्की (व्हिज किड्स स्कुल)
  • द्वितीय: अश्मिता आचार्य (स्वर्णिम स्कुल)
  • तृतीय: सुभिना पुलामी (हिमालयन एकेडेमी)
  • चौथो: प्रवीण खड्का (अनमोल ज्योति स्कुल)
  • पाँचौँ: दिव्या गौतम (नोबेल एकेडेमी)

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ५२ बजे

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले