रास्वपालाई प्रदीप ज्ञवालीले भने : जनादेश पाउनु ठूलो कुरा होइन, त्यसको संरक्षण मुख्य हो « Khabarhub

रास्वपालाई प्रदीप ज्ञवालीले भने : जनादेश पाउनु ठूलो कुरा होइन, त्यसको संरक्षण मुख्य हो


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको भूमिका, विचारधारा र जनादेशको संरक्षणबारे महत्वपूर्ण टिप्पणी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सुरू पहिलो महाधिवेशनमा सम्बोधन गर्दै उनले यस्तव बताएका हुन्। उनले रास्वपा राष्ट्रिय राजनीतिमा कहाँ उभिन्छ भन्ने प्रश्न सबैको चासोको विषय बनेको उल्लेख गरे। ‘राजनीतिमा राजनीतिक दर्शन (पोलिटिकल फिलोसोफी) को ठूलो महत्त्व हुन्छ,’ उनले भने।

ज्ञवालीले रास्वपालाई वैचारिक स्पष्टता आवश्यक रहेको संकेत गर्दै यसलाई प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछानेको समर्थनमा उदाएको राजनीतिक समूहका रूपमा उल्लेख गरे।

यस्तो शक्तिले स्पष्ट राजनीतिक दिशा तय गर्नुपर्ने उनले बताए । ‘कि केन्द्रमा रहने, कि दायाँ वा बायाँतिर झुक्ने भन्ने कुरा स्पष्ट हुनुपर्ने आवश्यकता छ’, उनले भने ।

ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासन, संविधानवाद र मौलिक अधिकारसँगै श्रमजीवी तथा गरिखाने जनताका लागि स्पष्ट अवधारणा बोकेको पार्टी बन्न सक्नुपर्ने शुभकामना दिए ।

अन्य राजनीतिक दलहरूले पनि रास्वपाको पछिल्ला चार वर्षको अनुभवबाट सिक्नुपर्ने धारणा उनले राखे। उनले जनादेश प्राप्त गर्नु मात्र ठूलो कुरा नभएको भन्दै त्यसको संरक्षण र कार्यान्वयन अझ महत्वपूर्ण हुने बताए। ‘जनादेश प्राप्त गर्नु ठूलो कुरा होइन, जनादेशको संरक्षण कसरी हुन्छ भन्ने कुरा ठूलो हो,’ उनले भने।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : १७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको