रास्वपाले पाएको जनमत असाधारण छ, सत्ताको उन्मादबाट जोगिएर अघि बढोस् : सभापति थापा « Khabarhub

रास्वपाले पाएको जनमत असाधारण छ, सत्ताको उन्मादबाट जोगिएर अघि बढोस् : सभापति थापा


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको छोटो समयमै नेपाली राजनीतिमा असाधारण जनमत र समर्थन प्राप्त गरेको भन्दै प्रशंसा गरेका छन् । रास्वपाको पहिलो महाधिवेशनका अवसरमा आफ्नो धारणा राख्दै सभापति थापाले पार्टी स्थापनाको चार वर्षभित्रै रास्वपाले जुन प्रकारको जनसमर्थन हासिल गरेको छ, त्यो निकै लोभलाग्दो र नेपाली राजनीतिका लागि विशिष्ट रहेको उल्लेख गरे ।

सम्बोधनका क्रममा सभापति थापाले नेपालको राजनीतिक इतिहास र विगतका अनुभवहरूलाई स्मरण गराउँदै नयाँ शक्तिलाई सत्ता र शक्तिको उन्मादबाट जोगिन विशेष आग्रह समेत गरे । नेपालको इतिहासमा यसअघि पनि विभिन्न राजनीतिक दलहरूले तीन-चार पटक यस्तै उत्साहजनक र ठूलो जनमत प्राप्त गरेको स्मरण गर्दै उनले हरेक पटक त्यो जनमत दुर्घटनामा परेको तितो यथार्थ औँल्याए ।

विगतमा जुन-जुन दलले त्यस्तो बलियो जनमत पाए, उनीहरूका नेताहरूबीच आपसी अहंकारको टकराव सुरु भएको र अर्कोतर्फ जनमत प्राप्त गरिसकेपछि शक्तिको पनि एउटा सीमा हुन्छ भन्ने कुरालाई बिर्सिएर सत्ताको उन्माद चढेका कारण विगतका ती अवसरहरू गुम्न पुगेको उनको विश्लेषण छ ।

पार्टीहरूमा सत्ता र शक्तिको घमण्ड बढ्दै जाँदा नेतृत्वबाट अलोकतान्त्रिक व्यवहारहरू प्रदर्शन हुन थाल्ने र अन्ततः जनताले दिएको मत तथा भरोसा दुर्घटनामा पर्ने गरेको थापाको भनाइ थियो । उनले रास्वपाले विगतका राजनीतिक दलहरूले गरेका त्यस्ता गल्तीहरूबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।

थापाले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले आगामी दिनमा नेताहरूबीचको अहंकारको टकराव र सत्ताको उन्माद जस्ता दुवै प्रतिकूल अवस्थाको सामना गर्नु नपरोस् भनी कामना गर्दै पार्टीको प्रथम महाधिवेशनको सफलताको शुभेच्छा प्रकट गरे ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ३२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का