कांग्रेस-एमालेलाई शक्तिशालीको संज्ञा दिँदै रविले भने : दुवै दलका अप्ठ्यारा नमिले देशलाई समस्या पर्छ « Khabarhub

कांग्रेस-एमालेलाई शक्तिशालीको संज्ञा दिँदै रविले भने : दुवै दलका अप्ठ्यारा नमिले देशलाई समस्या पर्छ


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय नेपाली कांग्रेस र नेकपा एमालेमा देखिएको विवाद मिल्नुपर्ने बताएका छन्।

आइतबार पार्टीको पहिलो महाधिवेशनलाई चितवनको भरतपुरमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

कांग्रेस र एमालेलाई शक्तिशाली दल भन्दै उनीहरूभित्र देखिएका अप्ठ्यारा मिल्नुपर्ने बताएका छन् ।

‘राष्ट्रिय राजनीतिमा आफ्नो मात्रै होइन, अरू सबै दल पनि ठिक हुनुपर्छ । अहिले देशका दुई शक्तिशाली दलमा समस्या देखिएका छन् । अप्ठ्यारा देखिएका छन्’, उनले भने, ‘कांग्रेस र एमालेभित्र कहीँ न कहीँ अप्ठ्यारा देखिएका छन् । दुवै दलका शीर्ष नेताहरूले आफ्नोभित्रका अप्ठ्यारा मिलाउनु होला ।’

उनले कांग्रेस र एमालेभत्रिका समस्या नमिल्दा देशलाई अगाडि लैजान समस्या हुने बताए । ‘आफ्नो मात्रै होइन, अन्य दलका अप्ठ्यारा पनि मिले भने देश अगाडि जान्छ’, उनले भने, ‘उहाँहरू मिलेको देख्न पाइयोस्। विवादहरू मिलुन्, अप्ठ्यारा चाँडै हटून् ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : ०० बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ