‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’ « Khabarhub

‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को चुनावअघि नै वरिष्ठ नेता वालेन्द्र शाहको खुट्टामा आफूले बल थमाएको बताएका छन् ।

आइतबार पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई चितवनको भरतपुरमा सम्बोधनका क्रममा उनले बालेन अब सरकारमा भएकाले उनले भटाभट गोल हान्नुपर्ने बताए ।

‘अहिले बालेनको खुट्टामा बल छ, अब उनले भटाभट गोल हान्‍नुपर्छ’, उनले भने, ‘अब बालेनले भटाभट गोल हान्ने छन् । झुक्किएर अन्य खुट्टामा बल आएछ भने मैले त्यही खुट्टामा पास गर्ने जिम्मा पनि मेरो हो ।’

उनले अहिले रास्वपाको सरकार भएकाले बेला यसलाई लडाउन धेरैले मुख मिठ्याइरहेको पनि बताए । ‘यहाँ मुख मिठ्याउने धेरै छन् । चुक्ली लगाइदिने पनि धेरै छन्’, उनले भने, ‘हामी इतिहास लेख्न आएका हौँ । यदि हामी असफल भयौँ भने हामीलाई इतिहासले प्रश्न गर्नेछ। त्यसैले हामी इतिहासले प्रश्न नगर्ने गरी देश बनाउने अभिभार पूरा गर्न आएका हौँ ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : १० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का