तिलिचो भक्ति यात्रा सम्पन्न « Khabarhub

तिलिचो भक्ति यात्रा सम्पन्न


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा, २०८३ सम्पन्न भएको छ । श्री १००८ स्वामी ऋषि प्रपन्नचार्यको सङ्कल्पमा आयोजना गरिएका यात्रा आज सकिएको हो ।

विभिन्न स्थानबाट सहभागी भक्ति यात्रामा सहभागी भक्तजनहरुले मुस्ताङको जोमसोम, ठिनी हुँदै तिलिचो तालको भक्ति यात्रा तय गरेको थियो । मुस्ताङ हुँदै तिलिचो पदमार्गमा पर्ने प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली क्षेत्रको अवलोकन गर्दै भक्ति यात्रा टोली धार्मिक तथा सांंस्कृतिक गतिविधिमा सहभागी भएका थिए ।

प्रपन्नाचार्यसहित सहभागीहरु भक्ति यात्रा टोलीले तिलिचो तालमा वाल्मीकीय रामायण पाठपरायण तीर्थ पूजा आराधना, भजन कीर्तन तथा सत्सङ्ग कार्यक्रम सञ्चालन गरेका यात्रामा सहभागी गुरु ईश्वर रेग्मीले जानकारी दिए। भक्तजनहरुबीचको धार्मिक आस्था, आपसी सद्भाव तथा आध्यामिक चेतनाको विकास गर्न भक्ति यात्राले महत्वपूर्ण योगदान पु¥याएको गुरु रेग्मीले उल्लेख गरे ।

यसअघि तिलिचो भक्ति यात्राका लागि मुस्ताङ आएको टोली मुस्ताङको घरपझोङ गाउँपालिका यात्रासम्बन्धी अन्तरक्रिया गरेको थियो । टोलीले तिलिचो भक्ति यात्रा पूरा गरेसँगै व्यवस्थापनका लागि सहयोग पु¥याएको प्रतिघरपझोङ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायलगायत सरोकारवाला निकायलाई धन्यवाद व्यक्त गरेको छ ।

यात्रा टोलीले यसप्रकारको धार्मिक तथा आध्यात्मिक यात्रा आगामी वर्षहरुमा पनि निरन्तरता दिँदै जाने उल्लेख गरेको छ । यात्राका लागि तिलिचो पुगेको भक्तजनसहितको टोलीले सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो ।

पौराणिककालमा काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरेर कागबेनी धाममा स्नान गरेको जनविश्वास छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ९ : ३६ बजे

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने