ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता « Khabarhub

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियाविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै पहिलो हाफमै फराकिलो अग्रता बनाएको छ। पहिलो हाफको खेल सकिँदा स्पेनले साउदीलाई ३–० ले पछि पारेको छ।

स्पेनका लागि युवा स्टार लामिन यामालले सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि मिकेल ओयारजाबालले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दुई गोल गरेपछि स्पेन बलियो स्थितिमा पुगेको हो।

अघिल्लो खेलमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनका लागि यो खेल निकै महत्वपूर्ण मानिएको थियो। त्यसैले प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले सुरुवातदेखि नै आक्रामक फुटबल खेल्दै साउदीको रक्षापंक्तिमाथि दबाब बनाएको हो।

स्पेनले बल नियन्त्रणमा राख्दै लगातार आक्रमण गरिरहेको छ। यामालको गति र ओयारजाबालको उत्कृष्ट फिनिसिङले साउदीको डिफेन्सलाई निकै कठिन अवस्थामा पुर्‍याएको छ।

साउदी अरेबियाले खेलमा फर्किने प्रयास गरे पनि स्पेनको पासिङ, मिडफिल्ड नियन्त्रण र आक्रमणको गति अगाडि प्रभावकारी देखिन सकेको छैन। स्पेनका गोलरक्षक उनाइ सिमोनमाथि खासै दबाब परेको छैन।

दोस्रो हाफमा साउदीले पुनरागमनको प्रयास गर्नेछ भने स्पेन आफ्नो अग्रता थप फराकिलो बनाउँदै समूह चरणमा महत्वपूर्ण जित निकाल्ने लक्ष्यमा हुनेछ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : ४८ बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ