आज २०८३ साल साउन ५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन ५ गते मंगलबारको राशिफल


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६ जुलाई २१ तारिख। असार शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छैन। मनमा असन्तुष्टी बढ्नेछ । कुटुम्बसँगको सम्बन्धमा खटपटि बन्नेछ। राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ। विदेशमा गरेको लगानीबाट नाफा आर्जन हुनेछ। परिवारको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। यात्रा सुखद् बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा समय र ऊर्जा खर्च नगर्नु राम्रो हुन्छ।

कर्कट : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। ठुला व्यक्तिसँगको परामर्शले काम सहज बन्नेछ।

सिंह : शिक्षाको लगानीमा प्रतिफल देखिनेछ।ठुला व्यक्तिको सुझावमा नयाँ योजना बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। आफन्तसँग भेट हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। कामको बोझ थपिने छ। राजनीतिक क्षेत्रमा पहुँच वि:तार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सामान्य रहेको छ। साथीले नै विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। लगानीका क्षेत्रमा अवरोध हुने जोखिम छ। आफन्तले भन्दा घर बाहिरका व्यक्तिको सहयोग महत्त्वपूर्ण बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। जागिरमा बढुवा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। साथीको साथ मिल्नेछ। विदेशमा गरेको गरेको लगानीबाट फाइदा हुनेछ।

धनु : शुभ दिन छ। ठुलो काम गर्नु राम्रो हुन्छ। :वा:थ्यले साथ दिँदा मनमा खुसी बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

मकर : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा साथीको साथ र सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा समय र खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। रोग बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

मीन : दिन सामान्य छ। सानो कुराले झर्को बढ्नेछ। व्यापारमा साझेदारी गरेको भए नाफा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्नेछ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : ११ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण