विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल « Khabarhub

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि नेदरल्यान्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र नामिबियाको खेल आज दिउँसो २: ४५ बजे नेदरल्यान्ड्सको उट्रेख्त सहरको मैदानमा सुरु हुनेछ ।

नेदरल्यान्ड्समा आयोजना हुने यस शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग कुल चार खेल खेल्नेछ । आजको पहिलो खेल हो ।

विश्वकप लिग–२ को शीर्ष चारभित्र पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो शृङ्खला महत्त्वपूर्ण मानिएको छ । नेपालले नामिबियासँग खेल्दै शृङ्खलाको सुरुवात गर्न लागेको हो । जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले यो शृङ्खलाको समानप गर्नेछ ।

लिग–२ शृङ्खला अघि नेपाली टोलीले बेलायतमा विशेष तयारी गरेको थियो । त्यस क्रममा जर्सीविरुद्ध खेलिएका दुवै अभ्यास खेलमा जित हात पारेकाले नेपाली टोली उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

हालसम्म लिग–२ मा २८ खेलबाट २४ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौँ स्थानमा छ । अर्कोतर्फ २२ अंकसहित नामिबिया सातौँ र ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

शीर्ष स्थानको अमेरिकाले ४३ र दोस्रो स्थानको स्कटल्यान्डले ३८ अंक जोड्दा ओमान ३१ अंकसहित चौथो स्थानमा छ । ओमानलाई पछाडि पार्न नेपालले अब कम्तिमा चार खेल जित्नुपर्छ । क्यानडा २४ अंकसहित छैटौँ स्थानमा छ भने १४ अंक बनाएको युएई पुछारमा छ ।

नेपाली टिम
रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् । सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ६ : १० बजे

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती– जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई

अमेरिकाले स्वीकार्‍यो : इरानी आक्रमणमा कम्तीमा १०० सैनिक घाइते

तेहरान- अमेरिकाले इरानको जवाफी आक्रमणमा आफ्ना करिब १०० सैनिक घाइते