तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन « Khabarhub

तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग आज छलफल गर्दै छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजेका लागि तय भएको भेटमा देशको तयारी पोशाक उद्योगका समस्या र सम्भावनाबारे संवाद हुन लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

भेटवार्तामा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुँदै छन्।

छलफल मुख्य गरी स्वदेशी तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगीले भोगिरहेका प्रक्रियागत तथा नीतिगत समस्या, उत्पादन एवम् निर्यात प्रवर्धन, नयाँ रोजगारी सिर्जना र यो क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुनेछ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनमा निजी क्षेत्र, उद्योगी-व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन्। उद्योगीले भोगेका समस्या समाधानका उपाय र नीतिगत सुधारका लागि सुझाव सङ्कलन गरी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई उनले निर्देशन दिँदै आएका छन्।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १० : ५२ बजे

गैँडा मार्ने उद्देश्यले निकुञ्ज प्रवेश गरेको आशङ्कामा दुई पक्राउ

चितवन- विश्वमै दुर्लभ मानिने एकसिङ्गे गैँडाको चोरी–शिकार गर्ने उद्देश्यले चितवन राष्ट्रिय

कोशीमा नयाँ सरकारबारे अलमल, आङ्बो भन्छन् : केन्द्रको निर्णय कुर्दैछौँ, मध्यावधि हल्ला मात्रै हो

काठमाडौं- प्रदेश सरकारमा कुन गठबन्धन अगाडि बढाउने भन्ने अन्योल अझै

समाजमा हराउँदै गएको नैतिक अधिकार र पहिचानलाई पुनः स्थापित गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीले समाजमा आफ्नो

कीर्तिपुरमा कारभित्रै जलेका व्यक्ति नरदेवी निवासी ७० वर्षीय सुरेशचन्द्र

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको

जहाज आक्रमणबारे भारतको रुससँग कडा विरोध

नयाँदिल्ली- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको एक व्यावसायिक मालवाहक जहाजमा भएको