बीमा कार्यक्रम स्थगित भएपछि भरतपुर अस्पतालमा बिरामीको उच्च चाप « Khabarhub

बीमा कार्यक्रम स्थगित भएपछि भरतपुर अस्पतालमा बिरामीको उच्च चाप


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ । सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन् । बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ ।

अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार ५८९ स्वास्थ्य बीमाका छन् । बाँकी ७८९ बीमा नभएका बिरामी हुन । उपचारका लागि आएकामध्ये ६८७ जना नयाँ बिरामी रहेको अस्पतालले जनाएको छ । एक दिनमा आकस्मिक सेवा लिनेको सङ्ख्या २६६ जना रहेको छ ।

अस्पतालका बीमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार ७० प्रतिशत हाराहारी बिरामी बिमाका रहेका छन् । आकस्मिक सेवामा आएकामध्ये १०१ जना बिमा नभएका बिरामी हुन् ।

संयोजक पौडेलका अनुसार सोमबार भिडियो एक्सरे गरेका बिरामीको सङ्ख्या ५०७ रहेको छ । यसमध्ये बिमाका ४१५ जना हुन् भने ९२ जना बीमा नभएका बिरामी हुन् । एकैदिन ४५ जनाको सिटीस्क्यान र ३१ जनाको एमआरआई गरिएको उनले बताए । अस्पतालमा आएका बिरामीमध्ये ८० वर्ष नाघेका बिरामीको सङ्ख्या १०९ जना रहेको छ भने ६० वर्षदेखि ७९ वर्षसम्म उमेरका बिरामी ७१३ जना रहेका छन् ।

भरतपुर अस्पताल स्वास्थ्य बीमाका लागि देशमा नै नमूनाका रूपमा लिने गरिन्छ । यहाँ चितवनसहित २२ जिल्लाका बिरामी उपचारका लागि आउने अस्पतालले जनाएको छ । जिल्लाका दुई ठूला मेडिकल कलेजमा बीमा कार्यक्रम स्थगित भएपछि बिरामीको चाप उच्च हुँदै गएको हो ।

स्वास्थ्य बीमा बोर्डबाट यस अस्पतालले गत आर्थिक वर्षमा ९२ करोड ३६ लाख ४२ हजार ९४७.३६ भुक्तानी पाएको छ । अस्पतालमा आएका बीमाका बिरामी उपचार गरेबापत अस्पतालले यो भुक्तानी पाएको हो । पौडेलका अनुसार अघिल्लो आव र गत आवको मङ्सिरसम्मको भुक्तानी आएको हो । त्यसयताको झन्डै ४० करोड भुक्तानी आउन बाँकी छ ।

अस्पतालले २०७४ साल भदौबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा स्वास्थ्य बीमामार्फत अस्पतालले दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले बिरामीको चाप उच्च हुँदा व्यवस्थापनमा जटिलता आएको बताए । अहिले अस्पतालको ध्यान गुणस्तरभन्दा भीड व्यवस्थापनमा केन्द्रित हुनुपरेको उनको भनाइ छ । अस्पतालले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकासँग विस्तारित सेवा सञ्चालन गर्ने विषयमा छलफल अघि बढाएको उनले बताए ।

पहिलो चरणमा नियमित खाने औषधि, प्रयोगशालाको सेवाजस्ता सामान्य समस्या लिएर आउने बिरामीलाई पालिकास्तरमा सेवा दिन सके चाप घट्ने र बिरामीले सहज सेवा पाउने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १२ : ०३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन