ढोरपाटन आवतजावतमा पर्यटकलाई सास्ती « Khabarhub

ढोरपाटन आवतजावतमा पर्यटकलाई सास्ती


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– यहाँका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा सास्ती भोग्नुपरेको छ ।

फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवातजावतमा सास्ती व्यहोर्नुपरेको ढोरपाटन–९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताए। निर्माण कम्पनीले बर्खायाममा सडक विस्तारको काम सुरु गरेपछि समस्या निम्तिएको हो ।

‘पानी पर्नासाथ पहिरा खस्ने, सडक हिलाम्मे भएर यातायात अवरुद्ध हुने गरेको छ, वर्षायामभरि यो समस्या रहिरहने देखिएको छ’, वडाध्यक्ष घर्तीले भने, ‘यो बेलामा सडक खन्ने काम नै गलत भयो, हामीले भन्दाभन्दै पनि निर्माण कम्पनीले बेवास्ता गर्दा यो समस्या आएको हो ।’

बुर्तिबाङदेखि फल्लेघरसम्म २८ किमी सडक ग्राभेल भए पनि ढोरपाटन उपत्यका जोड्ने बाँकी तीन किमी खण्ड जीर्ण र अस्तव्यस्त छ । विसं २०६६ देखि निर्माण सुरु भएको सालझण्डी–ढोरपाटनअन्तर्गत बागलुङ खण्डको काम सुस्त गतिमा भइरहेको छ । समयमा सडक नबन्दा हरेक बर्खायाममा ढोरपाटनको यातायात सेवा प्रभावित हुने गरेको हो । 

ढोरपाटनका पर्यटन व्यवसायी शिवराज कँडेलले पर्यटकको चहलपहल हुने मुख्य याममै सडक बिग्रँदा व्यवसायीहरु चिन्तित रहेको बताए। 

‘सडकले धेरै समस्या पारेको छ, यही कारणले गत वर्षभन्दा अहिले कम पर्यटक आइरहेका छन्’, उनले भने, ‘सडक, सञ्चारलगायतको असुविधाका कारण ढोरपाटनको पर्यटनलाई असर पुर्याइरहेको छ, यसमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।’

पछिल्लो समय पर्यटकले मनसुन पदयात्राका लागि ढोरपाटन क्षेत्रलाई रोज्ने गरेका छन् । यहाँको उच्च पहाडी भेगका पाटन र खर्कमा फुल्ने बुकीफूल, भेँडीगोठ, लेकाली जनजीवन, वर्षात्मा हरियै देखिने डाँडापाखा आदि नियाल्न पर्यटकहरू यो याममा ढोरपाटन पुग्ने गर्छन् ।
 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  २ : २१ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्