दीपालाई अध्यक्षबाट ‘कू’ गरेका जितु उनकै कार्यवाहक ! « Khabarhub

दीपालाई अध्यक्षबाट ‘कू’ गरेका जितु उनकै कार्यवाहक !


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशाल भण्डारी निर्देशित ‘कमेडी नाइटविथ च्याम्पियन’को अध्यक्षको भूमिकामा कलाकार जितु नेपाल देखिएका छन् । जबकि अघिल्लो सिजन र एपोसोडसम्म यसको अध्यक्ष कलाकार तथा निर्देशक दीपाश्री निरौला थिइन् ।

फिल्म ‘गौंथली’को टिम अतिथि आएको एपिसोड ६६ मा दीपाले अध्यक्षता गर्दै आएको सोफामा देखिएका हुन- जितु । कतिलाई यो दृश्यले अचम्म पनि पारेको छ ।

तर, दीपा सधैँका लागि अध्यक्षबाट निस्किएकी होइनन् । उनी अहिले ब्रेन ट्युमरको सफल शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेकी छन् । उनी काममा नफर्किने बेलासम्मका लागि जितु अध्यक्षको भूमिकामा देखिने भएका हुन् ।

तर, यो घटनाले दीपा-जितुकै पुरानो लफडा याद गराइदिएको छ । नगराओस् पनि किन ? यही अध्यक्षकै विषयमा दीपक-दीपाको ‘छक्का पञ्जा टिम’ टुक्रिएको थियो ।

महानायक राजेश हमालबारेको विवादित अन्तर्वार्ताका कारण दीपालाई जितुले आफ्नो कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट निकालिदिएका थिए । सल्लाह बिना इगो देखाएर दीपालाई अध्यक्षबाट हटाएपछि ‘छक्का पञ्जा टिम’का नेतृत्व गरिरहेका दीपकराज गिरी रिसाए ।

त्यसबेला जितु पनि ‘दीपक–दीपा’कै टिम ‘छक्का पञ्जा’बाट फिल्म गर्दै थिए । उनी टिमको महत्वपूर्ण सदस्य नै थिए । तर, टिमकै निर्देशक दीपालाई सल्लाह बिना जितुले अध्यक्षबाट हटाएको विषय मनासिब नभएको टिमको निष्कर्ष थियो । यही प्रतिशोध झाँगिदा जितु छक्का पञ्जा टिमबाटै निकालिए ।

अहिले दीपा अध्यक्ष रहेको कमेडी नाइटविथ च्याम्पियनको निर्देशक र सञ्चालक विशाल भण्डारीसँग जितु निकट छन् ।

भण्डारीले नै सञ्चालन गर्दै आएको ‘कमेडी च्याम्पियन’को जज जितु बनेका छन् । यही कारण दीपाको अनुपस्थितिमा जितु अध्यक्ष बनेका हुन् । तर, जितु अध्यक्ष बन्न भरपूर योग्य र क्षमता भएका व्यक्ति हुन् ।

तर, जुन पदका लागि जोसँग विवाद भयो उसैलाई पालो दिन जानु चाहिँ कति उचित होला ? जितुले अवसर मात्रै उपभोग गरेका होलान् कि इगो साँधेका होलान् ? अवसर पाए भने त अध्यक्षबाट विस्थापन गर्ने क्षमता मसँग पनि छ भनेर सन्देश त प्रवाह गर्न खोजेका त होइनन् ?

जितु ‘छक्का पञ्जा’ टिमबाट बाहिरिनु व्यवसायिक प्रक्रिया मात्रै भएको भए पनि यो कुरा उठ्ने थिएन । ‘अध्यक्ष काण्ड’ले जितुको दीपक–दीपासँग व्यक्तिगत सम्बन्ध नै बिग्रियो । त्यो कुराले विकसित रिसईबी व्यसायिक तहमै देखियो ।

जितुले आफ्नो फिल्म प्रदर्शनमा आउँदा ‘छक्का पञ्जा’ टिमबारे तितो पोखेका नै हुन्छन् । उनले छक्का पञ्जा टिमको फिल्मसँग बक्स अफिस पतिस्पर्धासमेत गरेका छन् ।

सार्वजनिक भेटघाटमा दीपक-दीपासँग जितु सम्बन्ध नबिग्रिएको जसरी प्रस्तुत हुन्छन् । फिल्म प्रदर्शनमा आउने बेला उनले संयमता गुमाइ हाल्छन् ।

दीपा गम्भीर बिमार भएर अस्पतालमा रहँदा भेट गर्न जितु पुगेका भने थिए ।

खैर, दीपा निको नहुञ्जेलसम्म अब जितु नै कमेडी नाइट्सका अध्यक्ष हुन् । अतिथि अध्यक्षको आयु कति लामो हुन्छ त्यो दीपाको स्वस्थ्य प्रगतिले निर्धारण गर्छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ३ : ३३ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका