हिजो र आज दुवै नेतृत्वमा नागरिक किन निराश छन् भन्ने समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा « Khabarhub

हिजो र आज दुवै नेतृत्वमा नागरिक किन निराश छन् भन्ने समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारलाई हिजो र आज दुवै नेतृत्वप्रति नागरिक किन निराश छन् भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । 

सहमहामन्त्री गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बीपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले दोषारोपण भन्दा पनि देश किन अपेक्षाअनुसार अघि बढ्न सकेन भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताए ।

‘हिजो नागरिक हामीसँग किन असन्तुष्ट थिए, आज पनि किन निराश छन् ?,’ शर्माले नेपाली समाजमा दैनिक करिब २० जनाले आत्महत्या गरिरहेको उल्लेख गर्दै गणेश नेपालीको आत्मदाहको घटनालाई समेत स्मरण गर्दै थपे, ‘अहिले पनि गणेश नेपालीले आत्मदाह गरे हिजो प्रेम चलाउनेले पनि हाम्रो सरकारमा हुँदा त्यसै गरे । यद्यपि त्यतिबेला पनि उहाँहरूकै गृहमन्त्री हुनुहुन्थ्यो,’ ।

कुनै घटना सत्ता वा प्रतिपक्षको राजनीतिक मुद्दामात्र नभई राज्यले समाधान गर्नुपर्ने साझा चुनौती भएको उनले बताए । दोषारोपण गर्ने होइन, नेपाल किन बनेन र किन यस्तो भइरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा गर्ने समय आएको छ ।

‘नेपाल कति रूपान्तरण भयो, अब कति यात्रा बाँकी छ, देश किन बनेन र कसरी बनाउन सकिन्छ भन्नेमा केन्द्रित भएर अघि बढ्नुपर्छ,’ उनले भने ।

यस्तै कांग्रेस नेता बीपी कोइरालाको राजनीतिक संस्कार स्मरण गर्दै उपसभापति शर्माले नेतृत्व हस्तान्तरणको संस्कृतिसमेत आवश्यक रहेको बताए ।

‘बीपी कोइरालाले एक पटक प्रधानमन्त्री भएपछि अर्को पटक आफ्नै साथीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नुभयो । राजनीतिमा एउटा उचाइमा पुगेपछि कहिले हात उठाउने भन्ने संस्कार पनि हुनुपर्छ,’ पार्टीमा भएको असन्तुष्ट पक्षतर्फ इंकित गर्दै उनले भने ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ३ : ५० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल