गड्यौला मल उत्पादनमा किसानहरू « Khabarhub

गड्यौला मल उत्पादनमा किसानहरू


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दाङ– सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा लागेका कारण उनको दैनिकी बदलिएको हो । 

उनी पहिले ११ कट्ठा जग्गामा कागती तथा तरकारी खेती गर्ने गर्थिन् । आजकाल भने गड्यौला मल उत्पादनमा व्यस्त छिन्। 

 तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी  ३४ वर्षीया सुलोचना शेर्पाले झन्डै १८ महिना अघि लिएको  तालिम र कृषि भ्रमणले उनलाई रासायनिक मलको विकल्पमा गड्यौला मल बनाउन प्रेरित गर्‍यो । 

उनी भन्छिन्, ‘यो मल उत्पादन भएपछि मैले अर्ग्यानिक तरकारी उत्पादन गर्ने काम गरिरहेकी छु ।’ सुलोचना मात्र होइन, तुलसीपुर उपमहानगरपालिका क्षेत्रका धेरै किसानले गड्यौला मल उत्पादन गरिरहेका छन् । 

अर्ग्यानिक खेतीको नेतृत्व गरिरहेका तुलसीपुर १६ का विनोद चौधरी पनि गड्यौला मल बनाउनमै व्यस्त छन् । उनले बजारमा गड्यौलाको मूल्य र यसबाट बन्ने मलको राम्रो सम्भावना रहेको बताउँछन् । 

 हाल गड्यौला प्रतिकिलो १२ सयमा बिक्री हुने गरेको छ । यसबाट तयार पारिएको मल प्रतिकिलो ३० रुपैयाँमा किनबेच हुन्छ । विनोदले पाँच कट्ठामा अर्ग्यानिक खेती गरिरहेका छन् । 

उनले गड्यौला, झोल तथा गोबर मलको प्रयोगलाई बढावा दिएका छन् । “म आफैँ पनि गड्यौला मल उत्पादन गर्ने गरेको छु’, उहाँले भने, ‘त्यसबाटै पाँच कट्ठामा तरकारी खेती  गरेको छु ।’

विगत १२ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका तुलसीपुर–११ मोतिपुरका दीपक चौधरीले लामो समय रासायनिक मल प्रयोग गरे । 

उनले पूर्ण प्राङ्गारिक मल प्रयोग गरेर तरकारी फलाउन थालेका छन् । तरकारी खेतिबाटै वार्षिक चार लाखभन्दा बढी आम्दानी गर्छु भने । ‘स्थानीय स्रोतसाधन चिन्न र व्यवस्थापन गर्नसके आर्थिक लाभ र स्वरोजगार बन्न सकिन्छ ।’ 

त्यस्तै, सोही ठाउँका अर्का किसान जुगराम चौधरीले पनि १५ केजी गड्यौलाको प्रयोग गरेर मल उत्पादन सुरु गरेका छन् । वार्षिक आठ लाखभन्दा बढी आम्दानी गर्ने उनी गड्यौला मलको प्रयोगले कृषि कर्म झनै बलियो बनेको बताउँछन् ।  

सुनिता चौधरीले आठ कट्ठामा गरिरहेको अर्ग्यानिक खेतीमा गोठे मलसँगै गड्यौला मलको प्रयोग गर्ने गरेको बताइन् । 

वार्षिक पाँच लाखभन्दा आम्दानी गर्ने उनी अन्य किसानलाई गड्यौला मल र कम्पोष्ट मल बनाउन प्रेरणा दिँदै आएकी छन्  ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१६ निवासी शोभा बस्नेतले व्यावसायिक आफ्नै लागि पाँच किलो गड्यौलाबाट मल तयार पारिरहेको बताइन् । 

गड्यौला मलको प्रयोगबाट उत्पादित तरकारी स्वस्थ र विषादीरहित भएकाले उनले आफ्नै लागि उक्त मल तयार गरेकी हुन् ।  

विषादी प्रयोग गरिएको तरकारी हेर्दा चिल्लो देखिने तर अर्ग्यानिक तरकारी त्यति चिल्लो नहुने हुँदा ग्राहकहरू झुक्किने गरेको तुलसीपुर–१६ रत्गैँका विनोद चौधरीले बताए । 

यद्यपि, माटो जोगाउन र गुणस्तरीय उत्पादनका लागि किसानमा उत्साह भने घटेको छैन । ‘देख्दा विषादी प्रयोग गरेको तरकारी चिल्लो देखिन्छ, प्राङ्गारिक मल प्रयोग गरेको तरकारी फुर्सो देखिन्छ’, उनले भने, ‘यसले गर्दा ग्राहकले किन्न हिच्किचाउने गरे पनि, बिस्तारै बुझ्ने गर्नुहुन्छ ।’

गड्यौला मलले माटोको स्वास्थ्य सुधार्ने, वातावरण जोगाउने र किसानको आर्थिक स्तर उकास्ने एउटा बलियो आधार बन्ने जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताए ।
 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ४ : ४१ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ