अमेरिकी अतिरिक्त करप्रति क्यानाडाको कडा आपत्ति « Khabarhub

अमेरिकी अतिरिक्त करप्रति क्यानाडाको कडा आपत्ति


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही क्यानाडाली वस्तुमा थप ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि क्यानाडाले कडा आपत्ति जनाएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले उक्त कदमलाई क्यानाडा–अमेरिका–मेक्सिको स्वतन्त्र व्यापार सम्झौताको उल्लङ्घन भएको बताएका छन्।

प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा अमेरिकाले पछिल्लो समय एकपक्षीय व्यापारिक निर्णय गर्दै आएको र त्यसले ऋग्क्ःब् अन्तर्गत स्थापित स्वतन्त्र व्यापारको आधारभूत मर्म कमजोर बनाएको उल्लेख गरेका छन्।

उनले विशेषगरी क्यानाडाको अटोमोबाइल क्षेत्रमाथि लगाइएको अतिरिक्त शुल्क व्यापार सम्झौताविपरीत रहेको दाबी गरे। क्यानाडाले आफ्नो अधिकार प्रयोग गर्दै अमेरिकाले अपनाएका व्यापारिक कदमको अनुपातमा मात्रै जवाफी उपाय अवलम्बन गरेको पनि उनले स्पष्ट पारे।

प्रधानमन्त्री कार्नीले अमेरिकी निर्णयपछि क्यानाडाली नागरिक एकजुट भएर देशको अर्थतन्त्र सुदृढ बनाउन र राष्ट्रिय हितको संरक्षणमा अघि बढेको बताए। उनले संघीय सरकार, प्रान्तीय तथा क्षेत्रीय प्रशासनबीच समन्वय गर्दै श्रमिक, किसान, व्यवसायी र परिवारको हित संरक्षण गर्ने नीति निरन्तर अघि बढाइने जानकारी दिए।

उनका अनुसार पछिल्लो १८ महिनायता अमेरिकाले व्यापारिक सम्बन्धमा निरन्तर परिवर्तन गर्दै आएको छ। त्यसलाई ध्यानमा राख्दै क्यानाडाले व्यापारिक विवाद समाधान तथा सम्झौतालाई समयानुकूल सुधार गर्ने उद्देश्यसहित अमेरिकासमक्ष विस्तृत प्रस्ताव प्रस्तुत गरिसकेको उनले बताए।

आउँदा केही सातामा दुवै देशबीच व्यापारिक विषयमा वार्ता थप तीव्र हुने प्रधानमन्त्री कार्नीले जानकारी दिए।

उनले क्यानाडा स्वतन्त्र, निष्पक्ष र नियममा आधारित व्यापार प्रणालीप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै हालै २० भन्दा बढी नयाँ आर्थिक तथा सुरक्षा साझेदारी सम्झौतामा हस्ताक्षर गरिएको उल्लेख गरे।

प्रधानमन्त्री कार्नीले वर्तमान व्यापार विवादका कारण अमेरिकी उपभोक्ताले समेत बढी मूल्य तिर्नुपर्ने अवस्था आउने दाबी गर्दै दुवै देशका नागरिकको साझा हितका लागि विवाद समाधान गर्न क्यानाडा रचनात्मक संवादका लागि तयार रहेको बताए।

‘जुनसुकै परिस्थिति आए पनि क्यानाडाले आफ्नो आन्तरिक आर्थिक क्षमता सुदृढ बनाउन तथा क्यानाडाली कामदार, किसान, व्यवसाय र परिवारलाई सहयोग गर्न आवश्यक कदम चालिरहनेछ,’ उनले भने।

यसअघि अमेरिकी प्रशासनले सोमबार डेयरी, मादक पेय पदार्थ र मोटर सवारी क्षेत्रमा अमेरिकी उत्पादनमाथि क्यानाडाले गरेको ‘भेदभावपूर्ण व्यवहार’ को प्रत्युत्तरस्वरूप केही क्यानाडाली वस्तुमा थप ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो।

अमेरिकी राष्ट्रपतिको हस्ताक्षर भएको घोषणापत्र जारी भएको ३० दिनपछि उक्त निर्णय कार्यान्वयनमा आउने जनाइएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ४ : ३२ बजे

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

वरिष्ठ पशु चिकित्सक घिमिरेलाई सेवाबाट हटाउने निर्णय

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका

पक्राउ पुर्जी रोक्न कांग्रेस सांसद अभिषेकप्रताप शाह सर्वोच्चमा

काठमाडौं । आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग राखेर