विश्वकपमा मेसीका २१ सर्वकालीन कीर्तिमान « Khabarhub

विश्वकपमा मेसीका २१ सर्वकालीन कीर्तिमान


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लिओनेल मेसीले फिफा विश्वकप फुटबलको इतिहासमा आफ्ना नाममा अद्वितीय र ऐतिहासिक कीर्तिमानको चाङ लगाएका छन्। फुटबल दुनियाँका सर्वश्रेष्ठ खेलाडीमध्येका एक मानिने मेसीले विश्वकपका विभिन्न विधामा आफूलाई शीर्ष स्थानमा उभ्याएका हुन्। फिफा विश्वकप २०२६ को फाइनलमा लगातार दोस्रो पटक उपाधि उचाल्न स्पेनसँग १–० ले चुकेका मेसीले यसअघि नै आफूलाई महान बनाइसकेका छन् । यो त उनको एउटा हार मात्र हो ।

मेसी विश्वकप इतिहासमै सबैभन्दा धेरै ३४ खेल खेल्ने खेलाडी हुन्। यसक्रममा उनले सर्वाधिक २३ जित हासिल गर्नुका साथै २७ खेलमा कप्तानी सम्हालेका छन्, जुन विश्वकप इतिहासकै सर्वोच्च कीर्तिमान हो। उनले विश्वकप मैदानमा कुल ३ हजार ५४ मिनेट बिताएका छन्।

आक्रमणतर्फ पनि मेसीको दबदबा स्पष्ट देखिन्छ। उनले विश्वकपमा कुल ३३ गोलका लागि योगदान दिएका छन्, जसमा २१ गोल र सर्वाधिक १२ असिस्ट समावेश छन्। उनी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् भने समग्र विश्वकप इतिहासमा दोस्रो धेरै गोलकर्ता हुन्।

यस्तै, नकआउट चरणमा सर्वाधिक १७ खेल खेलेका मेसीले नकआउटमै १० वटा असिस्ट दर्ता गराएका छन्। सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउने क्रममा उनी समूह चरण, राउन्ड अफ १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल- सबै चरणमा गोल गर्ने इतिहासकै एकमात्र खेलाडी बनेका थिए।

यसका अलावा ६ पटकसम्म विश्वकपमा सहभागी भएका मेसीले १५ फरक देशविरुद्ध गोल गरेका छन् भने डि-बक्स बाहिरबाट सर्वाधिक ७ गोल गरेका छन्। ३९ वर्षको उमेरमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ।

विश्वकप इतिहासमा टोलीलाई जिताउन र व्यक्तिगत प्रभाव जमाउन मेसीले बनाएका यी २१ भन्दा बढी कीर्तिमानहरू तोड्न भविष्यका खेलाडीहरूका लागि ठूलो चुनौती बन्ने देखिन्छ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ६ : ०६ बजे

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र