प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम « Khabarhub

प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वावधानमा सञ्चालित ट्राफिक नियन्त्रण तालिमअन्तर्गत ४५ कार्यदिनको तालिम मङ्गलबार सफलतापूर्वक सम्पन्न भएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित समापन कार्यक्रममा कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

त्यस अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट हासिल भएको ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले तालिममा प्रहरी सहायक हवल्दार १८ र प्रहरी जवान ३२ जना प्रशिक्षार्थी सहभागी भएको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १० : ५३ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको