सलमानको बदलिएको स्वरूपले बढायो जिज्ञासा « Khabarhub

सलमानको बदलिएको स्वरूपले बढायो जिज्ञासा


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड सुपरस्टार सलमान खान फेरि एकपटक चर्चाको केन्द्रमा छन् । 

यसपटक भने उनको कुनै नयाँ फिल्म वा प्रोजेक्टका कारण होइन, सार्वजनिक भएको बदलिएको रूपका कारण हालै सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा उनी पहिलेभन्दा निकै दुब्लो र थकित देखिएपछि फ्यानहरूले उनको स्वास्थ्यबारे चासो व्यक्त गर्न थालेका छन् ।

सलमानको बदलिएको स्वरूप देखेपछि केहीले उनी गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेको हुन सक्ने अनुमान गरेका छन् भने केहीले यो कुनै नयाँ फिल्मका लागि तयार गरिएको ‘क्यारेक्टर लुक’ हुन सक्ने बताएका छन् । 

यद्यपि, यी दुवै दाबीबारे अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।

भिडियो भाइरल भएसँगै एक्स (पूर्व ट्विटर) लगायत सामाजिक सञ्जालमा प्रतिक्रियाको बाढी नै आयो । 

कतिपय फ्यानले सलमानले पहिलेजस्तो आफ्नो स्वास्थ्यमा ध्यान दिन छाडेको टिप्पणी गरे भने केहीले यसलाई सामान्य उमेरसँगै आएको परिवर्तनका रूपमा व्याख्या गरेका छन् ।

यहीबीच सलमान खानले सामाजिक सञ्जालमा ‘तपाईंहरूको स्वास्थ्य कस्तो छ ?’ भन्ने छोटो तर रहस्यमय पोस्ट साझा गरेपछि चर्चा झन् चुलिएको छ । धेरै फ्यानले यसलाई उनको स्वास्थ्यबारे भइरहेको अड्कलबाजीको अप्रत्यक्ष जवाफका रूपमा हेरेका छन् ।

यद्यपि, सलमान खान गम्भीर बिरामी छन् भन्ने कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । 

साथै, उनको नयाँ हुलिया कुनै आगामी फिल्मका लागि हो वा होइन भन्ने विषयमा पनि उनको टिमले कुनै पुष्टि गरेको छैन । 

त्यसैले अहिले भइरहेको अधिकांश चर्चा सामाजिक सञ्जालमा फैलिएको अनुमान र फ्यानहरूको जिज्ञासामै आधारित रहेको देखिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १ : २७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।