बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर) « Khabarhub

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन । तर, बागलुङ र पर्वतमा कालीगण्डकीमा भने मध्य बर्खामै बालुवा र ढुङ्गा धमाधम निकालिएको छ । विश्वमा शालिग्राम शिला पाइने एक मात्र नदी कालीगण्डकीबाट अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने गरिएको छ ।

मध्यरातमा ठूला मेसिननै प्रयोग गरेर क्रसर सञ्चालक, निर्माण व्यवसायीले बालुवा झिक्ने काम गर्छन् । ढुंगा, गिट्टी र बालुवाको उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले नदीजन्य पदार्थ उत्खनन्मा प्रतिबन्ध लगाएपनि अवैध चोरीनिकासी रोकिएको छैन । असार १ गतेदेखि भदौ १५ गतेसम्म कुनै पनि निकायले ठेक्का लगाउनसमेत पाउँदैनन् ।

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् हुँदा पनि सरोकारवाला निकाय मुकदर्शक बनेका छन् ।

बर्खाको समयमा स्थानीय सरकारले पनि ठेक्का लगाउन नपाउने प्रावधान छ तर पालिका र प्रशासनलाई नै चुनौती दिँदै डोजर लगाएर बालुवा निकाल्ने काम भइरहेको छ । संघीय सरकारले २०७७ सालमा ल्याएको मापदण्डअनुसार गण्डकी प्रदेशले पनि नदीजन्य सामग्री उत्खनन्का लागि प्रतिबन्ध लगाएको छ ।

प्रहरी चौकीकै अगाडि कालीगण्डकी दोहन हुँदा प्रहरीसमेत मौन रहेको स्थानीयको बताउँछन् । दोहनका कारण कालीगण्डकीको धारसमेत परिवर्तन हुँद पर्वत मालढुङ्गाको माझीबस्तीनै जोखिममा छ । बर्खाको समयमा काली उर्लिदा घरमै बाढी बस्ने त्रासले स्थानीय जागराम बस्ने गरेका छन् । कतिपय स्थानमा खेतीयोग्य जमिनसमेत कटानमा परेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  १० : २३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार