पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन « Khabarhub

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल शिवधारा क्षेत्रमा पर्यटक तथा तीर्थयात्रीका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

मकालु गाउँपालिकाले पर्यटकीय क्षेत्र मकालु तथा धार्मिकस्थल शिवधारा क्षेत्रमा पर्यटक तथा तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो । शिवधारमा पूजा तथा दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन गाउँपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो ।

धार्मिकस्थल शिवधारामा जैनपूर्णिमाका अवसरमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्छ । यस वर्ष पनि भदौ १२ गते विशेष पूजाआजा हुँदैछ । पर्यटकीय क्षेत्र बरुण उपत्यकाअन्तर्गत शिवधारा तथा मकालु आधार शिविर भ्रमणमा आउने पर्यटक तथा तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिका अध्यक्ष वाङ्दी छिरिङ शेर्पाले बताए ।

गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी राजकुमार तामाङको नेतृत्वमा दुई सदस्यीय स्वास्थ्यकर्मी टोली आवश्यक औषधि तथा उपचार सामग्रीसहित शुक्रबार त्यसतर्फ प्रस्थान गरेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।

प्रधानमन्त्री वालेन्द्र शाहले गत असारमा मकालु आधार शिविर ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गरेपछि थप आन्तरिक तथा बाह्य पर्यटक बढेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट गर्दै यात्रासम्बन्धी जानकारी पोष्ट गरेका थिए ।

मकालु आधार शिविर तथा धार्मिकस्थल शिवधारा क्षेत्रमा यसअघि यात्राका क्रममा तीर्थयात्री तथा पर्यटक बिरामी पर्ने तथा कतिपयको ज्यानसमेत जाने गरेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी परिचालन गरिएको उनको भनाइ छ । सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर तथा धार्मिकस्थल शिवधारा क्षेत्रमा पुगेर फर्किन करिब आठ दिन लाग्छ ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ८ : ३३ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी