गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो « Khabarhub

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय आरुघाटबाट गएको गस्ती टोलीले आज अपराह्न करिब ५ बजेतिर आरुघाट गाउँपालिका–६ चिहानडाँडाको जङ्गलमा लुकाइ राखिएको अवस्थामा बन्दुक फेला पारेको हो ।

प्रहरी निरीक्षक अनील श्रेष्ठ नेतृत्वको गस्ती टोलीले सो जङ्गलभित्र सल्लाको हाँगाले छोपिराखेको अवस्थामा बन्दुक फेला पारेका प्रहरीको भनाइ छ ।

भेटिएका पाँच वटामध्ये एक थान थोत्रो भएर भाँचिएको अवस्थामा रहेको र अरु चार वटा पनि लामो समयदेखि जङ्गलमै लुकाइछिपाइ राखिएको अवस्थामा रहेकाले खिया लागेको प्रहरीको भनाइ छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ९ : १० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने