काठमाडौँ– भारत र बङ्गलादेशबीचको रेल सहकार्यलाई थप सुदृढ बनाउने क्रममा नयाँ पुस्ताका अत्याधुनिक भारतीय रेलका कोचहरूको पहिलो खेप बङ्गलादेशमा भित्रिएको छ। दर्शनना सीमा नाका हुँदै १९ वटा आधुनिक कोचहरूको पहिलो समूह बंगलादेशमा प्रवेश गरेको हो।
दुई देशबीच भएको अघिल्लो सम्झौता अन्तर्गत आयात गरिएका यी कोचहरूले बङ्गलादेशको रेल सेवालाई थप आधुनिक, आरामदायी र भरपर्दो बनाउने अपेक्षा गरिएको छ। यी नयाँ कोचहरूमा आधुनिक यात्री सुविधाहरू, सुरक्षित ब्रेकिङ प्रणाली र उच्च गुणस्तरको आन्तरिक डिजाइन जडान गरिएको छ।
रेलवे अधिकारीहरूका अनुसार यी कोचहरूको आगमनसँगै दुई देशबीचको पारवहन र यातायात सम्पर्क अझ प्रगाढ हुनेछ।
हालैका वर्षहरूमा भारत र बङ्गलादेशबीच रेलवे पूर्वाधारको विकास र मालसामान तथा यात्रुवाहक रेल सेवाको विस्तारमा उल्लेखनीय प्रगति हुँदै आएको छ, जसले द्विपक्षीय व्यापार र जनस्तरको सम्बन्धलाई थप उचाइमा पुर्याएको छ।












प्रतिक्रिया