मौरिससले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने « Khabarhub

मौरिससले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौरिससले भारतसँग पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौता दीर्घकालीन आपूर्ति व्यवस्थाको एक हिस्सा भएको जनाइए पनि यसको परिमाण तथा अन्य व्यावसायिक र वित्तीय सर्तबारे भने खुलाइएको छैन ।

भारतका पेट्रोलियममन्त्री हरदीप पुरीले मौरिससको भ्रमण गर्ने क्रममा यी सम्झौताहरूमा हस्ताक्षर भएका हुन् । आयातमा अत्यधिक निर्भर मुलुक मौरिससले इरानमा जारी युद्धका कारण वित्तीय समस्याको समना गरिरहेको छ ।

मौरिसस सरकारले जारी गरेको विज्ञप्ति अनुसार यस सम्झौतामा तेल तथा ग्यास सहकार्यसम्बन्धी दुई सरकारबीचको समझदारी पत्र र इन्डियन आयल कर्पोरेसनसँगको खरिद-बिक्री सम्झौता समावेश छ । उक्त खरिद-बिक्री सम्झौताले पेट्रोल, डिजेल र विमान इन्धन (एभिएसन फ्युल) लगायतका पेट्रोलियम पदार्थको आपूर्तिलाई समेट्छ ।

मन्त्री पुरीले दक्षिण एसिया बाहिर भारतीय सार्वजनिक क्षेत्रको तेल कम्पनीसँग यस्तो प्रकारको सम्झौता गर्ने मौरिसस पहिलो राष्ट्र भएको बताएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ३ : ०३ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार