भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव भेटियो « Khabarhub

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव भेटियो


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २ बजे सम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ । 

जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन ९माटो मुनि सुरक्षित राखिएको० गरिएको छ । 

शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । 

हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ४७ जना व्यक्तिहरूलाई राखिएको छ । 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ५ : १२ बजे

महेश बस्नेतको दाबी- केहीले आलोचना गरेपनि अधिकांश सदस्यले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्नुभयो

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सदस्यहरूले अध्यक्ष

कम्युनिस्ट घटकबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको पहल गर्न

‘कबड्डी ५’ को धमाकेदार टिजरमा एआईदेखि विपीनको रहस्यमय इन्ट्रीसम्म, मिरुनालाई भने लुकाइयो

काठमाडौं- बहुप्रतीक्षित नेपाली फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को

टर्कीको एक विद्यालयनजिक गोली चल्दा ११ जना घाइते

एजेन्सी- टर्कीको पश्चिमी क्षेत्रमा रहेको एक उच्च माध्यमिक विद्यालयनजिक मङ्गलबार गोली

पीआर हुँदाहुँदै राजदूत सिफारिस जिज्ञानकुमारमाथि जापानमा विदेशी संस्कृति भित्र्याएको अर्को आरोप

काठमाडौं- नेपाल सरकारले हालै जापानका लागि नेपाली राजदूतमा सिफारिस गरेका