संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा « Khabarhub

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार न्यूयोर्क आइपुगेका छन् । इरानको विदेश मन्त्रालयका अनुसार उनले महासभामा सहभागी हुने इरानी कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

न्यूयोर्क आगमनपछि विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोनमार्फत संवाद गरे । सो अवसरमा महासभाको कार्यसूची तथा विभिन्न अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघको महासभालाई इरानी जनताको अधिकार र हितसँग सम्बन्धित विषयमा आफ्नो देशको धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताइएको छ ।

यसअघि इरानी सञ्चारमाध्यमहरूले राष्ट्रपति मसुद पेजेस्कियानले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जानकारी दिएका थिए । पछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले विदेशमन्त्री अराघ्ची महासभामा सहभागी हुने कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्वमा रहेको जानकारी दिए ।

प्रवक्ता बाघाईका अनुसार विदेशमन्त्री अराघ्चीले महासभामा सहभागी विभिन्न देशका अधिकारी तथा विदेशमन्त्रीहरूसँग भेटवार्ता गर्नेछन्। भेटवार्ताका क्रममा पारस्परिक चासोका विषय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिबारे विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

अमेरिकाले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी प्रतिनिधिमण्डललाई अनुमति दिएको छ । यद्यपि, न्यूयोर्क बसाइका क्रममा प्रतिनिधिमण्डलका लागि केही विशेष प्रावधान लागू गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अराघ्ची आइतबार साँझ इरानबाट न्यूयोर्कका लागि प्रस्थान गरेका थिए । न्यूयोर्क पुग्नुअघि उहाँले कतारमा छोटो समय बिताए ।

यसैबीच, इरानले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्यबाट तेल तथा ग्यासको ढुवानी पुनः सञ्चालन गर्ने विषयमा अमेरिकासमक्ष केही सर्तहरू प्रस्तुत गरेको जनाएको छ । इरानका अनुसार कतारले मध्यस्थको भूमिका निर्वाह गर्दै ती विषयहरू अमेरिकासमक्ष पुर्‍याएको हो ।

अमेरिकाले इरानी बन्दरगाहसँग सम्बन्धित केही प्रतिबन्धात्मक कदमहरू अघि बढाइरहेको जनाएको छ। यस पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा हुने कूटनीतिक संवाद तथा उच्चस्तरीय भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।
 

 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १२ : ५७ बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

बबरमहलमा धमाधम बन्दैछ आकाशे पुल (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माणको काम

ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा

संयुक्त राष्ट्रसङ्घ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई मङ्गलबार

‘जल्नुअघि चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा प्रहरीले संवेदनशीलता देखाएन, गृहमन्त्रीको जवाफ चाहियो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा