यमनमा मानवीय संकट गहिरिँदै, १ लाख ३० हजार विस्थापित « Khabarhub

यमनमा मानवीय संकट गहिरिँदै, १ लाख ३० हजार विस्थापित


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट करिब १ लाख ३० हजार मानिस विस्थापित भएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार विस्थापितमध्ये धेरै जना पटक–पटक आफ्नो घर छाड्न बाध्य भएका छन् ।

आईओएमका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले यमनमा विस्थापित हुनेको संख्या तीव्र रूपमा बढिरहेको बताएका छन् । उनका अनुसार सेप्टेम्बर १८ सम्म १ लाख १८ हजार ८६ जना विस्थापित भएकामा त्यसपछिको तीन दिनमा मात्रै थप ११ हजार ३५२ जना विस्थापित भएका छन् ।

आईओएमको पछिल्लो तथ्यांकअनुसार ताइज गभर्नरेटमा सबैभन्दा धेरै मानिस विस्थापित भएका छन् । त्यहाँ मात्रै ७३ हजार ४९४ जना विस्थापित भएको जनाइएको छ ।

यमन सन् २०१४ देखि जारी द्वन्द्वका कारण गम्भीर मानवीय संकटमा छ । सन् २०१४ मा हुथी समूहले राजधानी सानासहित देशका केही महत्वपूर्ण क्षेत्रमा नियन्त्रण कायम गरेपछि सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा हस्तक्षेप गरेको थियो ।

वर्षौँदेखि जारी युद्ध, आर्थिक संकट तथा पटक–पटक आउने प्राकृतिक विपत्तिका कारण यमनका लाखौँ मानिस मानवीय सहायता आवश्यक पर्ने अवस्थामा पुगेका छन् ।

यसैबीच, आईओएमका अनुसार आइतबार साँझसम्म यमनबाट लाल सागर पार गरेर ३ हजार १०६ जना मानिस जिबुती पुगेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १ : २२ बजे

रेशम चौधरीलाई राष्ट्रपतिले दिएको माफी सर्वोच्चद्वारा सदर

काठमाडौं– सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरीलाई

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २ बजे सम्म १

हनुमन्तेश्वर माविको विव्यस सदस्यमा खतिवडा र दाहाल निर्वाचित 

दोलखा- दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

एल निनोले विश्व खाद्य सुरक्षामा जोखिम बढाउँदै

काठमाडौं– यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय