मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु « Khabarhub

मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

साना – यमनको दक्षिणपश्चिमी ताइज प्रान्तस्थित रणनीतिक लाल सागर बन्दरगाह सहर मोचामा मङ्गलबार साउदी अरबले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनका अनुसार साउदी लडाकु विमानले मोचाको एक आवासीय क्षेत्रमा तीन हवाई आक्रमण गरेका थिए । आक्रमणमा दुई बालबालिका र एक महिलासहित छ जनाको मृत्यु भएको तथा आठ जना घाइते भएका जनाइएको छ ।

घटनामा मारिएका तथा घाइते भएका बालबालिकाको दृश्यसमेत अल–मसिराहले प्रसारण गरेको छ । घटनाबारे साउदी अरबबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

साउदी अरब र हुथी समूहबीच पछिल्लो समय बढेको सैन्य तनावका क्रममा हुथी नियन्त्रणमा रहेका यमनका विभिन्न क्षेत्रमा साउदी हवाई आक्रमण हुँदै आएका छन् । त्यसको जवाफमा हुथी समूहले पनि साउदी अरबका विभिन्न स्थानलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन प्रहार गर्दै आएको छ ।

मोचा पछिल्लो समय जारी द्वन्द्वको प्रमुख युद्ध क्षेत्र बनेको छ । हुथी सेनाले सेप्टेम्बर १० मा मोचा बन्दरगाह सहर कब्जा गर्दै धुबाब हुँदै दक्षिणतर्फ अघि बढेको तथा सेप्टेम्बर ११ मा बाब अल–मन्दब जलघाँटीको मध्यभागमा रहेको माय्युन टापु नियन्त्रणमा लिएको दाबी गरेको छ । त्यसपछि यमनी सरकारी सेना दक्षिणतर्फ रक्षात्मक स्थानमा फर्किनुपरेको जनाइएको छ ।

बाब अल–मन्दब जलघाँटीलाई नियाल्ने दुर्गम उच्च भूभागमा समेत पछिल्लो समय लडाइँ तीव्र भएको छ । सरकारी सेनाले हुथी समूहको थप विस्तार रोक्न तथा लाल सागरलाई एडनको खाडी र हिन्द महासागरसँग जोड्ने महत्वपूर्ण समुद्री मार्गका रणनीतिक स्थान पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

यमनमा सन् २०१४ को अन्त्यतिर हुथी समूहले राजधानी साना र उत्तरी यमनको ठूलो भूभाग कब्जा गरेपछि द्वन्द्व सुरु भएको हो । त्यसपछि सन् २०१५ मा साउदी अरबको नेतृत्वमा गठित गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा यमनमा सैन्य हस्तक्षेप गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ४ : ३२ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा