मौसम विभागमा पुगे गृह र ऊर्जामन्त्री, मौसमविद्सँग के भयो सल्लाह ? « Khabarhub

मौसम विभागमा पुगे गृह र ऊर्जामन्त्री, मौसमविद्सँग के भयो सल्लाह ?


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् । 

मंगलबार काठमाडौंको बबरमहलस्थीत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा पुगेर मन्त्रीद्वयले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावबाट नेपालमा पर्न सक्ने असरका बारेमा जानकारी लिएका हुन् । 

सो क्रममा विभागका मौसमविद्हरूले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको र देशका विभिन्न स्थानमा पर्न सक्ने असरमा बारेमा जानकारी गराएका थिए ।

छलफलपछि गृहमन्त्री सुधन गुरुङले विगतको विपद्बाट पाठ सिकेर सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र योजना बनाउनका लागि आगामी मौसमी प्रणालीबारे जानकारी लिइएको बताए । 

उनले आगामी ८ देखि १२ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन भनिएको र नदी किनार तथा जोखिमयुक्त क्षेत्रहरूमा टोली परिचालन गर्न र स्थानीय नागरिकहरूलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको जानकारी दिए ।

त्यस्तै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र पूर्वसूचनामा समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिए । 

बंगालबाट आएको मौसमी बहावका कारण कृषि, पर्यटन तथा यात्रुहरू सबै क्षेत्र प्रभावित हुन सक्ने आँकलन गरिएको उनले बताए । 

साथै उनले चाडबाडको समय भएकाले यात्रा गर्नुअघि मौसम र सडकको पर्याप्त जानकारी लिएर मात्र निस्कन र असोज १२ गतेसम्म मौसम तथा विपद् सम्बन्धी जारी हुने अलर्ट र सूचनाहरूलाई हल्का रूपमा नलिन र कडाइका साथ पालना गर्न अनुरोध गरिएको बताए ।
 

मन्त्री श्रेष्ठले विगतको विपद्बाट पाठ सिकेर सम्भावित जोखिम क्षेत्रहरूमा उद्धारकर्मी तथा सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । 

अघिल्लो विपद्मा हाइड्रोपावरहरूमा ठूलो क्षति पुगेको सन्दर्भमा यसपटक जल तथा मौसम पूर्वानुमान महाशाखाबाट निजी क्षेत्र तथा नेपाल विद्युत् प्राधिकरणलाई निरन्तर सूचना प्रवाह गर्ने प्रणाली मिलाइएको समेत उनले बताए । 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ५ : ३८ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा