‘कबड्डी ५’ को धमाकेदार टिजरमा एआईदेखि विपीनको रहस्यमय इन्ट्रीसम्म, मिरुनालाई भने लुकाइयो « Khabarhub

‘कबड्डी ५’ को धमाकेदार टिजरमा एआईदेखि विपीनको रहस्यमय इन्ट्रीसम्म, मिरुनालाई भने लुकाइयो


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुप्रतीक्षित नेपाली फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ। रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्मको करिब साढे ३ मिनेट लामो टिजरले यसपटकको कथा र पात्रलाई लिएर दर्शकमाझ कौतुहलता बढाएको छ।

टिजरमा विजय बरालले निर्वाह गरेको बिके र एआईबीचको कनेक्सनलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । यस्तै, दयाहाङ राईको काजी र नयाँ ‘मैया’का रूपमा देखिएकी सिर्जना गुरुङको प्रवेशले पनि टिजरमा नयाँपन थपेको छ । त्यसपछि विपीन कार्कीको इन्ट्रीले कथालाई थप रोचक बनाएको देखिन्छ भने अन्त्यमा रिश्मा गुरुङको प्रवेशसँगै टिजर टुंगिन्छ ।

विशेषगरी विजय बराल, विपीन कार्की र सिर्जना गुरुङका पात्रलाई लिएर दर्शकमा विभिन्न जिज्ञासा उत्पन्न हुने देखिन्छ । निर्देशक गुरुङका अनुसार फिल्मले अघिल्लो शृंखलाकै कथालाई निरन्तरता दिएको छ ।

रोचक कुरा के छ भने ‘कबड्डी ४ः द फाइनल म्याच’की अभिनेत्री मिरुना मगरलाई भने प्रचार सामग्रीमा अहिलेसम्म देखाइएको छैन। फिल्ममा उनको भूमिका के हो भन्ने पनि निर्माण पक्षले गोप्य राखेको छ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा रामबाबु गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। फिल्म कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ६ : ३९ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा