न्युजिल्यान्डको संसदद्वारा भारतसँगको स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी कानुन पारित « Khabarhub

न्युजिल्यान्डको संसदद्वारा भारतसँगको स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी कानुन पारित


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिंगटन— न्युजिल्यान्डको संसद्ले भारतसँगको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयन गर्ने कानुन बहुमतका साथ पारित गरेको छ। यस सम्झौताअनुसार न्युजिल्यान्डबाट भारततर्फ हुने निर्यातका करिब ९५ प्रतिशत वस्तुहरूमा लाग्ने भन्सार शुल्क पूर्ण रूपमा हटाइने वा भारी मात्रामा घटाइनेछ।

प्रमुख विपक्षी लेबर पार्टीको समेत समर्थन रहेको उक्त विधेयक ९३ का विरुद्ध २९ मतले पारित भएको हो। सम्झौता कार्यान्वयनमा आएलगत्तै यसभित्र समेटिएका आधाभन्दा बढी उत्पादनहरूले भन्सार छुट पाउनेछन्।

कानुन पारित भएपछि एक विज्ञप्ति जारी गर्दै न्युजिल्यान्डका व्यापार मन्त्री टोड म्याक्लेले यो सम्झौता निर्यातकर्ताहरूका लागि तत्काल र अत्यधिक लाभदायक हुने बताएका छन्। उनले यसै वर्षभित्र यो उच्चस्तरीय सम्झौता लागू हुने अपेक्षा गरिएको र यसले चालु कार्यकालभित्रै भारतसँगको स्वतन्त्र व्यापार सम्झौता सम्पन्न गर्ने वाचा पूरा गरेको उल्लेख गरे।

सम्झौताको प्रावधानअनुसार भारतका सबै वस्तुहरूले न्युजिल्यान्डमा भन्सारमुक्त प्रवेश पाउनेछन्। यसका साथै वेलिंगटन सरकार आगामी १५ वर्षभित्र भारतमा २० अर्ब अमेरिकी डलर लगानी गर्न पनि सहमत भएको छ। दुवै देशले यसअघि गत अप्रिल महिनामा उक्त व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए।

जुन २०२६ मा समाप्त भएको वर्षमा दुई देशबीचको द्विपक्षीय व्यापार ३ अर्ब ९९ करोड न्युजिल्यान्ड डलर (२ अर्ब २९ करोड अमेरिकी डलर) पुगेको थियो। भारत हाल न्युजिल्यान्डको नवौँ ठूलो वस्तु तथा सेवा निर्यात बजारको रूपमा रहेको छ। दुवै मुलुकले आन्तरिक अनुमोदनसम्बन्धी प्रक्रियाहरू पूरा गरेपछि यो व्यापार सम्झौता औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ६ : १५ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर