बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता « Khabarhub

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो साका गम्भीर चोटका कारण केही समय मैदान बाहिर रहने भएका छन्।

युइएफए च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखसँग २–२ गोलको बराबरीमा रोकिएको खेलमा साका घाइते भएका हुन्।

अलियान्ज एरिनामा भएको खेलको १०औँ मिनेटमा कुनै पनि खेलाडीको दबाबबिना पास खेल्ने क्रममा २५ वर्षीय साका मैदानमा ढलेका थिए। उनको क्वाड्रिसेप्समा समस्या देखिएको छ। मैदान छाड्ने क्रममा उनले अत्यधिक पीडा महसुस गरेको आर्सनलका प्रबन्धक मिकेल आरटेटले बताएका छन्।

“यो बिल्कुलै राम्रो देखिएको छैन। अत्यधिक पीडाका कारण मैदान छाड्नुपर्ने अवस्था कहिल्यै पनि सुखद हुँदैन, हामीले रिपोर्ट कुर्नुपर्छ,” आरटेटले टीएनटी स्पोर्ट्ससँग कुरा गर्दै भने।

साके पछिल्ला केही महिनायता निरन्तर फिटनेसको समस्याबाट जुझ्दै आएका छन्। मार्च महिनामा लागेको चोटका कारण उनले यसअघि पनि महत्त्वपूर्ण खेलहरू गुमाएका थिए। यस सिजन सबै प्रतियोगितामा ११ खेल खेलेर ४ गोल गरेका साकाको अनुपस्थितिले आर्सनललाई झट्का लागेको छ।

यद्यपि, साकाको विकल्पमा मैदान प्रवेश गरेका एबेरेची एजेले पहिलो गोल गरेका थिए भने नोनी माडुएकेले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्।

प्रबन्धक आरटेटले टोलीमा अन्य विकल्पहरू पर्याप्त रहेकाले साकाको अनुपस्थितिमा अन्य खेलाडीहरूले जिम्मेवारी सम्हाल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ८ : ०५ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच