नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण « Khabarhub

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा रोपिएको छ ।
    
डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय र स्थानीयको जनश्रमदानमा बाढीले क्षति गरेको जग्गा संरक्षण गरेर वृक्षरोपण गरिएको हो । मछेली सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर महताले नदीको बगरमा विभिन्न प्रजातिका छ हजार बोट बिरुवा वृक्षरोपण गरेको बताए। 

उनका अनुसार डिभिजन वन कार्यालय कञ्चनपुरको एक लाख, जनहित महाकाली वन उपभोक्ता समितिबाट दुई लाख, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घबाट दुई लाख पच्चिस हजार र समुदायको जनश्रमदान ४३ हजार सहयोगमा करिब १० बिघा क्षेत्रफलमा वृक्षरोपण गरिएको हो । 

‘डिभिजन वन कार्यालय र सामुदायिक वनको सहयोगमा वृक्षरोपण गरेर संरक्षण गरेका छौँ’, अध्यक्ष महताले भने, ‘संरक्षण गरिएको नदी बगरको घाँस बिक्री गर्छौं त्यसकै आम्दानीबाट बोट बिरुवाको संरक्षणमा खर्च हुन्छ ।’

उनका अनुसार एक भारी घाँसको १० मा बिक्री गर्ने गरिएको छ । त्यसैगरी अठन्नीफाँटाका किसानले पनि बन्द नदीको कटान रोक्न बन्दा नदी बगरमा दुई हजार बोटबिरुवा वृक्षरोपण गरेका छन । 

विसं २०४६ मा आएको बाढीले यहाँका चार घर विस्थापित भएका थिए । त्यसयता पनि नदीले हरेक वर्ष खेतीयोग्य जमिन कटान गरेपछि यहाँबाट धेरै मानिसहरू विस्थापित भएको यहाँका स्थानीय गणेशबहादुर बोहराले बताए । 

उनका अनुसार वडा कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ समुदायको जनश्रमदान गरी छ लाख ५३ हजारमा दुई हजार बोट बिरुवा वृक्षरोपण र संरक्षणका लागि तारबार गरिएको छ । स्थानीयहरुले जनश्रमदानमै नदीमा जैविक तटबन्ध समेत निर्माण गरेका छन् । 

वृक्षरोपणले बस्ती सुरक्षित भएको यहाँका स्थानीय कलावती महराले बताइन्। उनका अनुसार नदी बगरमा बाँस, आँप र लिची गरेर विभिन्न प्रकारका छ हजार बोट वृक्षरोपण गरिएको छ । 
 

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ११ : ०४ बजे

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।