आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति « Khabarhub

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा रु एक करोड ५० लाख भन्दाबढीको क्षति भएको छ । 

बिहीबार विहान करिब १ः३० बजे फलाम इन्जिनमा प्रयोग हुने तेल फर्नेस आयलको ट्याङ्कीमा विद्युत् लाइन सर्किट चुहावटसर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए।

उनका अनुसार, आगलागीबाट  एक करोड ५६ लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । आगलागीको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट प्रहरी टोली खटिएको थियो । 

नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा एक घण्टाभित्र आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए । 

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  २ : २७ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको