महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक « Khabarhub

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।

चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने ५५ जना मात्र छन् । क्षेत्र नम्बर १ मा १२, २ र ३ मा १५ एवं ४ मा १३ जना छन् ।

यसैगरी, स्वतन्त्र उम्मेदवारी दिने ८८ मध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा २७ जना रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी क्षेत्र नम्बर ४ मा २४, २ मा २२ र १ मा १५ जना स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

जिल्लामा १९ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । दलगतभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी छ । जिल्लाका चारवटै क्षेत्रमा गरी उम्मेदवारी दर्ता गराउने १९ महिलामध्ये १० जना स्वतन्त्र उम्मेदवार रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत भरतमणि पोखरेलले जानकारी दिए ।

निर्वाचन क्षेत्र–१ मा पाँच, २ मा पाँच, ३ मा २ र ४ मा सात गरी जम्मा १९ जना महिला उम्मेदवार छन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ७ : ५७ बजे

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु