वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात « Khabarhub

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ ।

गत आवको छ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए ।

चालु आवको छ महिनामा २५ अर्ब ४२ करोड मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ । तीन अर्ब ४८ करोड मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।

त्यस्तै दुई अर्ब २५ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ । त्यस्तै एक अर्ब ७८ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ । (रासस)

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १२ : ११ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार