माओत्सेले सके ‘पेन्सन पट्टा’को सुटिङ « Khabarhub

माओत्सेले सके ‘पेन्सन पट्टा’को सुटिङ


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा फिल्म ‘पेन्सन पट्टा’को छायाङ्नक सकिएको छ ।

३३ दिन लगाएर उक्त फिल्मको छायाङ्कन सकिएको निर्देशक गुरुङले बताए । पोखरामा उक्त फिल्मको इन्ड क्ल्याप गरिएको हो ।

छायाङ्कन चाँडो सक्न व्यस्त तालिकामा खट्ने कलाकार र प्राविधिकलाई उनले कृतज्ञतासमेत व्यक्त गरे ।

पोस्ट प्रोडक्सनको प्रगति हेरेर फिल्मको प्रलदर्शन मिति तोक्ने उनले बताए ।

उनी भन्छन्, ‘अहिले प्रदर्शन मिति तोक्दा हतारमा काम गर्नुपर्छ । हतारको कामको नतिजा राम्रो नहुन सक्छ । दर्शकलाई राम्रो फिल्म देखाउने हाम्रो चाहाना हो । प्रोस्ट प्रोडक्सनको गति हेरेर प्रदर्शन मिति तोक्छौं ।’

यस फिल्ममा नायक दयाहाङ राई, सुनील थापा, पशुपति राई र गौमाया गुरुङ शीर्ष भूमिकामा रहेको बताइएको छ ।

यो फिल्मको लेखक र निर्देशक गरुङ आफैँ हुन् । उनी पछिल्लो समय अभिनयसँगै समय लेखन र निर्देशनमा पनि छन् ।

उनको डेब्यू निर्देशन रहेको फिल्म ‘दयारानी’ हो । जसले बक्स अफिसमा मध्यम व्यापार गरेको थियो ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १ : ५३ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा