गण्डकीमा महिलाको उम्मेदवारी न्यून « Khabarhub

गण्डकीमा महिलाको उम्मेदवारी न्यून


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा महिलाको उम्मेदवारी कम परेको छ । हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङदेखि नवलपुरसम्म ११ वटा जिल्लामा फैलिएको गण्डकी प्रदेशमा १८ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । 

प्रदेशभित्रका निर्वाचन क्षेत्रअन्तर्गत कास्कीका तीनवटा क्षेत्रमध्ये क्षेत्र नं १ मा १७ जनाको उम्मेदवारी परेकामा एक जना मात्रै महिला उम्मेदवार हुन्। क्षेत्र नं २ मा १७ जना उम्मेदवारमा एक जना महिला र क्षेत्र नं ३ मा १५ जना उम्मेदवारमध्ये तीन जना महिलाको मात्रै उम्मेदवारी परेको छ ।
    
दुई वटा निर्वाचन क्षेत्र भएका जिल्लामध्ये स्याङजा क्षेत्र नं १ र २ मा क्रमशः १३ र १५ जनाको उम्मेदवारी परेकामा दुवै क्षेत्रमा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन । नवलपुर(बर्दाघाट सुस्ता पूर्व)को क्षेत्र नं १ र २ मा १८-१८ जनाको उम्मेदवारी परेकामा क्रमशः दुई र पाँच जना महिलाको उम्मेदवारी परेको छ ।
    
गोरखाको निर्वाचन क्षेत्र नं १ मा १३ र २ मा १४ जनाको उम्मेदवारी परेकामा क्रमशः दुई र एक जना महिलाको मात्रै उम्मेदवारी परेको छ । तनहुँको निर्वाचन क्षेत्र नं १ मा १६ र २ मा १२ जनाको उम्मेदवारी परेकामा क्रमशः तीन र एक जना महिलाको उम्मेदवारी परेको छ भने बागलुङको क्षेत्र नं १ मा १० र २ मा १२ जनामध्ये एक-एक जना महिलाको उम्मेदवारी परेको छ । 

एक-एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा पर्वतमा १७ जनामध्ये सातजना महिलाको उम्मेदवारी परेको छ भने म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एकजना पनि महिलाको उम्मेदवारी परेको छैन । 

लमजुङमा १२ जनाको उम्मेदवारी परेमा एक जना महिला हुन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेमा एकजना महिलाको उम्मेदवारी छ । मुस्ताङमा आठ जनाको उम्मेदवारी परेकामा एक जना महिलाको उम्मेदवारी परेको छ । 

म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एक जना पनि महिला उम्मेदवार छैनन् । 
 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ३ : १७ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६