रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन् « Khabarhub

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन्


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सहकारी ठगी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको रिट हेर्न अस्वीकार गरेका छन् ।

उनले उक्त मुद्दामा सुनुवाइ गर्न अस्वीकार गरेसँगै बिहीबार उक्त रिट ‘हेर्न नमिल्नेमा’ परेको छ। उक्त रिट सुनुवाइका लागि न्यायाधीशद्वय ढकाल र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

यसअघि लामिछानेको सहकारी ठगीसहित सङ्गठित अपराधको मुद्दामा धरौटीमा छाड्न नमिल्ने भन्दै आदेश दिएका न्यायाधीश ढकालले विवादमा परिने भन्दै उक्त मुद्दा नहेर्ने रिट निवेदकलाई जानकारी दिएका थिए ।

न्यायाधीश ढकालले उक्त मुद्दा नहेरेसँगै अर्को पेशी माघ ११ गतेका लागि तोकिएको छ । रवि जोडिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ४ : ५० बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार