निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग « Khabarhub

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग


८ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताए ।

महासङ्घले नारायणगढ–बुटवल सडकखण्ड, नौबिसे–मुग्लिन सडकखण्ड, बिपी राजमार्गलगायत देशभरिका सडक हालसम्म पनि सडक साँघुरो र खाल्डाखुल्डी भएकाले देशभर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न आमव्यवसायीलाई असहज भएको जनाएको छ ।

निर्वाचनका समयमा आमयात्रु तथा मतदातालाई गन्तव्य स्थानसम्म पुग्न अत्यधिक समय लाग्ने गरेकाले सार्वजनिक सवारीसाधन सहज रुपमा आवतजावत गर्न सकिने व्यवस्था मिलाउन महासङ्घले अनुरोध गरेको हो ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १० : ४८ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका