पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन « Khabarhub

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म ‘आबाट आमा’को सिक्वेल ‘आबाट आमा २’ निर्माणको घोषणा गरिएको छ ।

निर्देशक चन्द्र पन्तका अनुसार सिक्वेल ०८३ सालको दशैँमा प्रदर्शनमा आउनेछ । उनले मिति भने किटान गरेका छैनन् ।

पारिवारिक कथामा बनेको प्रदर्शनरत फिल्म ‘आबाट आमा’मा नायक पल शाह, नायिकाहरु उषा उप्रेती र सिम्रन पन्त शीर्ष भूमिकामा छ ।

‘सिक्वेल’ निर्माण घोषणा गर्न सार्वजनिक गरिएको पोस्टरमा पललाई एकल फिचर्ड गरिएको छ । पोस्टरमा ‘आउँछु भन्ने झुटो आशामा आमाले बर्सेनि जमरा छरिरहन्छिन्’ भन्ने लाइन राखिएको छ ।

उक्त लाइनले फिल्म दशैंसँग सम्बन्धित कथामा बन्ने संकेत गर्छ । पोस्टरमा पनि ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ लेखिएको छ ।

सिक्वेलमा नायिकाहरु दोहोरिन्छ वा दोहोरिदैनन् भन्ने निर्माण पक्षले खुलाएको छैन ।

‘आबाट आमा’ले अहिलेसम्म घरेलु बजारमा १० करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । यो पल शाहको करिअरकै सबैभन्दा हिट फिल्म हो ।

यस हिट फिल्मको लेखक र निर्देशक पन्त आफैँ हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १ : २० बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत