मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ? « Khabarhub

मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ?


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक एवम् व्यवसायी मीनबहादुर गुरुङले जेन-जीका नाममा भएको आगजनीप्रति आक्रोश व्यक्त गरेका छन् ।

जेन-जीका नाममा गत भदौ २४ गते जलाइएको महाराजगञ्जस्थित भाटभटेनीको शाखा पुनर्सञ्चालन पूजा कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

‘किन जलाएको ? दान गरेको भनेर जलाएको ? कसैलाई दान गर्‍यो भनेर जलाइदिने ?’, उनले भने, ‘हुम्ला, जुम्ला, मुगु, कालिकोटका बालबालिकालाई डाक्टर बनाउँदैछु, मैले सहयोग गर्‍यो भनेर जलाउने ?’

उनले भर्खरै बाल अस्पताललाई करोडौँ पैसा सहयोग गरेको स्मरण गरे । ‘बाल अस्पताललाई करोडौँ रुपैयाँ दान गरेँ । यहीँ शिक्षण अस्पताल कति राम्रो छ। यो अस्पताल मान्छेले नेपालको हो कि विदेशको भनेर छुट्याउन गाह्रो छ । त्यही महसुस होस् भनेर सहयोग गरेको हुँ ।’

उनले यसरी अरूलाई निरन्तर सहयोग गरेको संस्थाको मान्छेलाई आक्रमण गरेको भन्दै उनले निन्दा गरे । ‘मैले त्यो कुरा बिर्सिएँ । अब उप्रान्त यस्तो नहोस्’, उनले भने, ‘अब हामी पुननिर्माणको चरणमा छौँ । यस्ता घटना फेरि नदोहोरयुन् ।’

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ३ : १२ बजे

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन