राधिका शाक्य भन्छिन् : ओलीले भ्रष्टाचार गर्‍यो, अकूत कमायो भन्छन् तर हामीसँग निजी सम्पत्ति छैन « Khabarhub

राधिका शाक्य भन्छिन् : ओलीले भ्रष्टाचार गर्‍यो, अकूत कमायो भन्छन् तर हामीसँग निजी सम्पत्ति छैन


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

दमक- राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा लोकार्पण गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी शाक्यद्वारा लिखित जीवनका अनुभव समेटिएको संग्रहको नवसंस्करण एक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।

एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारी लगायतले संयुक्त रुपमा कृति विमोचन गरे ।

त्यस अवसरमा एमाले अध्यक्ष ओली र शाक्यबीचको वैवाहिक वर्षगाँठ समेत परेकाले पाणिनी प्रकाशनले उनीहरूलाई अभिनन्दन गरेको छ।

कार्यक्रममा शाक्यले आफ्नो वैवाहिक जीवनका विभिन्न रोचक र भावुक क्षणसमेत सुनाएका छन् ।

‘पहिलो पटक रातो साडीमा’

१४ वर्ष जेल जीवन बिताएर कमजोर शरीरसहित आएको व्यक्तिसँग आफूले कुनै अपेक्षा नराखी विवाह गरेको शाक्यले बताइन्।

‘केपी ओली सांसद, मन्त्री वा प्रधानमन्त्री नै बन्नुहोला भन्ने सोचेको थिइनँ, केवल भावनात्मक रुपमा एक भएकाले विवाह गरेको हुँ’, उनले भनिन्।

त्यस क्रममा उनले २०४४ फागुन १० गते विवाहपछि सयौँ पटक झापा र दमक आए पनि यस वर्षको क्षण विशेष लागेको उल्लेख गरिन् ।

‘आजको दिनलाई खास उत्सवको रुपमा मनाउने हाम्रो चलन पनि थिएन, गत वर्षदेखि साथीहरूले शुरू गरिदिनुभएको हो’ उनले भनिन्, ‘यस वर्ष त कस्तो संयोग भने, झापामै रहँदा वर्षगाँठ पर्‍यो । त्यसैले पहिलो पटक नयाँ रातो साडी लगाएर उपस्थित भएको छु ।’

ओलीले मन्त्री वा प्रधानमन्त्री बनेर अकुत सम्पत्ति कमायो भन्ने आरोपको उनले खण्डन गरिन् । उनले आफूहरूसँग कुनै निजी सम्पत्ति नरहेको भन्दै वास्तविकता नजिक हुनेलाई मात्रै थाहा भएको पनि प्रष्ट पारिन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ४ : ०५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर