फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक « Khabarhub

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ ।

तीन हजार यौन कर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको यस फिल्मको दोस्रो टिजर शीर्ष नायिका रोशनी कार्की केन्द्रित छ ।

करिब एक मिनेटको टिजरमा रोशनीसँग नायिकाहरु सुष्मा निरौला, उषा रजक र नायक जीवन भट्टराई जोडिएका छन् ।

समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको टिजरमा देख्न सकिन्छ । कलाकार शिशिर वाङ्देल र सबिन कट्टेललाई पनि टिजरमा अटाएका छन् ।

यौनकर्मीको चरित्रमा रहेकी रोशनीको काखमा रहेको बच्चा टिजरको मुख्य आकर्षण हो । टिजरको सुरुवातमा यौनकर्मीको चरित्रमा देखिएकी रोशनीलाई अन्त्यतिर शिशुको साथमा शहर बाहिर पुगेको देख्न सकिन्छ ।

यी दृश्यले उनको चरित्रको उत्तार–चढावमार्फत् तीन हजार यौनकर्मीको जीवन जटिलता फिल्ममा देखाइएको संकेत गर्छ ।

फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को लेखक र निर्देशक रोशन मिराज हुन् ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले वितरणको जिम्मेवारी लिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ७ : २८ बजे

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने